१२ श्रावण २०८१, शनिबार
Logo

तिमी आए पुग्छ अरु चाहिँदैन् ।

काशिनाथ गौतम

हो आज म तिमीलाई यो कोलाहल सहरको बिचमा रहेको एउटा ठुलो महलको सांगुरो कोठा बाट तिमीलाई एकाग्रह भएर लेखि रहेको छु ।
हुन सक्छ, यो समयमा तिमी कसैको सपनाको निद्रामा सुति रहेकी छौ । तर पनि समय संगैको परिर्वतनले मलाई भने कता कता यो रातको समयमा पनि तिम्रो भावनामा डुबाई रहेको छ ।

कुनै बेला त्यो आफ्नो सानोखरले छाएको झुुपुडीमा सुदा जसरी आन्नद आउथ्यो तर आज त्यो भने पाउँन सको छैन । जुन सपना बोकेर आफ्नो घरबाट बाहीरिएको थिए । सात वर्ष पुरा भएछ । जुन बेला आफ्नो घर, नाता कोता, इष्ट मित्रलाई छोडेर सुन्दर भविष्य बनाउने उद्धेश्यले सहर छिरेको थिए । हो त्यस बेला आफुलाई सहरीया भनौदाहरुले पहाडीया पाखे, बोल्न नजान्ने भनेर भन्दा कता कता मन दुख्थ्यो ।

समयले विस्तारै काल्टे फेर्देै गयो । केही पर धकलेको छ । कँही कतै कर्तव्य बोध भएको अनुभुति भएको छ । हुन सक्छ यो सबै उमेरको प्रभाव, समयको आवश्यकता, त्यसैले होला मलाई पनि विस्तारै किशोरावस्था पार गरेर यौन अवस्था तिर धकलेको छ ।
हो आज भोली माया गर्ने नाममा बिकृती विसंगती मौलाएका छन् । माया गर्ने नाममा सामुहिक बलत्कार भएका छन् । त्यती मात्र नभएर आज भोली तिमी आफ्नै अभिभाबकबाट असुरक्षीत बन्दै आएकी छौं । लाग्न सक्छ तिमीलाई आफु जताततैबाट असुरक्षीत भान भएको छ ।
तर आज त्यही पुरुषले तिमीलाई एउटा सन्देश लेखेको छ ।
तिम्रो शारीरिक परिर्वतन संगै तिमीलाई हेर्ने दृष्टिकोण फरक फरक हुने गरे्को छ । आज भोली तिमी सडकमा हिड्दा तिम्रो सौन्दर्य माथि आँखा लगाउने सानो बच्चा होस त वृद्धा जोसुकै मोहीत हुने गर्छन । हो ति नै पुरुषले तिमीलाई स्वतन्त्र हुन दिइरहेका छैन् । हो तिमीलाई हरेक तह तप्कामा गलत दृष्टिकोणले हेरिएको छ ।
यस्तै कारणले यो समाज महिला र पुरुष बिच धेरै असमान ता रहि आएको छ । भन्नत भनिन्छ महिला र पुरुष दुई रथका पांग्रा, एउटा नभए अर्कोको कुनै अस्तित्व नै छैन, तर पनि यो समाज तिमीलाई यौनको नाममा तिमीलाई बिक्री गरिरहेको छ ।
यो समाज तिमीलाई ढाल बनाएको छ । विवाह गरिसके पछि पनि विभिन्न बाहानामा याताना दिएको छ । ज्यूदै जलाईएको छ । घर निकाला गरिएको छ । यस्ता याबत अन्याय सहन बाध्य भएकी छौ । त्यसमा पनि कथित ठुला जात भन्नेहरुले आफुलाई इमान्दारीता देखाउन खेज्छन । आफुलाई ढाक छोप गर्ने कोसिस गर्ने गर्छन । मैले यति धेरै लेख्नुको पछाडी धेरै कुरा रहेको छ । हुन सक्छ तिमीमा पनि धेरै इच्छा, राम्रो बन्ने चाहाना राम्रो तामझम संग विवाह गर्ने रहर हुन सक्छ ।
तिम्रो घर परिवारले धनि व्यक्तीलाई विवाह गर्ने सोंच हुन सक्छ । तर आज म त्यो पक्षमा छैन मेरो आफ्नै कारण छन् मैले तिमीलाई पहिलेनै जनाई सकेको छु कि म एउटा बिकट गाउँको खरले छाएको सानो झुपुडी त्यसमा पनि अभावै अभावको जीन्दगी बिताई रहेको छु । तर पनि यो समयले मागे अनुसार आज म तिमीलाई कुनै विवाहको निम्ती ठुलो भोजभतेर गर्ने छैन र मेरो त्यो हैसियत पनि छैन् ।
तिमी त्यो कोलाहल सहरको ठुलो महलमा बसेको छोरी तिमी ति दुरदराजको व्यक्ती संग विवाह गर्नु पर्ने कारण त छैन् । तर पनि मैले यहाँ देखिएको तनाम विकृतीलाई हटाउनको निम्ती तिम्रो आवश्यकता छ भनेर नै तिमी संग विवाहको निम्ती आग्रह गरेको हुँ ।
हो यो समाज धनि र गरिबको बिच ठुलो खाडल रहेको छ । सो खाडललाई पुर्नको निम्ती पनि तिम्रो आवश्यकता छ, भने अर्को तर्फ यो समाजमा जातको नाममा बाढिएको छ जसले गर्दा यि यावत कुराहरुलाई समान्तामा ल्याउनको लागी सर्वप्रथम तिम्रो मेरो बिचमा सम्बन्ध हुनु पर्ने देखिन्छ । तर मैले चाहदैमा ति सबै कुरा पुरा हुन सक्दैनन तर पनि भनिन्छ थोपा थोपा मिली सागर बन्छ भने जस्तै आज ति हामी बिचबाट थालनी गनु पर्ने देखिन्छ ।

Shivapuri rural municipality awareness message jalapanews

अर्को पक्ष तिमीलाई लिन आउँदा कुनै बाजाबजाउने छैन, जन्ति ल्याउने छैन हो त्यसमा पनि गहनाको कुरै नगरौं किनकी त्यो मेरो धेरै टाढाको विषय हो । हो यो बिचमा तिमीलाई नराम्रो लाग्न सक्छ । तिमीलाई लिन आउँदा केबल तिमी मात्र आए पुग्छ । हुन सक्छ तिम्रो घरमा सुनै सुनको भण्डार पैसै पैसाको खात तर त्यो छ भन्दैमा मेरो लागी केबल तिमी भए पुग्छ मलाई तिम्रो पछाडी केही चाहिदैन् जे छ त्यो सानो झुपुडीमा रहेको छ जे छैन त्यो अवश्य तिमी र म मिलेर एक दिन अवश्य ल्याउने छौ हो त्यही झुपुडिनै मेरो लागी प्यारो बन्ने छ , कोलाहल सहरको गगन चुम्मी भवनले मलाई आकर्षण गर्ने छैन र तराईको मसिनो चामलले आर्कषण गर्ने छैन मलाई त्यही झुपुडी तलको पाटोमा फलेको मकै कादो भए पुग्छ जस्लाई मैले मसिनो चामल सरह सम्झने छु ।

हुनसक्छ तिमीलाई सहरबाट आउँदा अफ्टा¥यो लाग्न सक्छ । यि सबै बिस्तारै परिर्वतन हुने छन् । तिम्रो सहरको भेषभुषा फरक छ तिमी सहरमा मिनिस्कट लगाएर हिड्छौं भने हाम्रो समाजमा गुनियो चोली लगाउने गरेका छन् जब तिमी गुनियो चोलीमा सजिने छौं तब तिमीमा गाउँले परिवेश आउँने छ । तब यो समाजले तिमीलाई एउटा सच्चा नेपाली नारी भनेर चिन्ने छौ । सहरमा तिम्रो साधन थियो भने यहाँ आफ्नै खुटले उकाली ओराली गर्नु पर्ने छ । हो यहाँ धेरै अफ्टा¥यो छ अभावै अभाव छ । तिमी र म मिलेर छुटै् संसार निर्माण गर्नु छ त्यसैले यहाँ तिमी आए पुग्छ अरु चाहिँदैन् ।

प्रतिक्रिया दिनुहोस्