१२ श्रावण २०८१, शनिबार
Logo

कथा लेखन कार्यशाला गोष्ठी सम्पन्न

देवीघाट – सहिद जगतप्रकाशजङ्ग शाह संस्कृत माध्यमिक विध्यालयले तीन दिवाशीय कथा लेखन कार्यशाला गोष्ठी एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् युवा साहित्यकार श्रीराम श्रेष्ठले नेपाली समाजमा बालकथाहरुको अभाव रहेको सन्दर्भमा कथा कार्यशाला गोष्ठी उपलब्धिमूलक रहन जाने विश्वास व्यक्त गर्नु भयो । विध्यालयमा अध्यनरत विध्यार्थीहरुको उमेर समुहका लागि भाषा , शैली ,शिल्प,प्रस्तुतिको सही ढंगले सयोजन गर्न सकेको खण्डमा कथा स्तरीय हुने कुरामा जोड दिदै श्रेष्ठले भन्नू भयो “माछा मारेर खुवाउनु भन्दा माछा मार्न सिकाउनु भन्ने चिनियाँ उखानलाई समरण गर्दै आधुनिक शिक्षा ,विकसित प्रविधिको उपयोग गरेको खण्डमा कथा अब्बल हुन जान्छ “।

प्राध्यानध्यापक मन्जु चित्रकारको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक एवम् युवा साहित्यकार विजयराज आचार्य, रुम टु रिड्का प्रतिनिधि बटुराम भण्डारीलगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

उक्त कार्यशाला गोष्ठीमा सहभागीमध्ये ४५ जना विध्यार्थीहरुले एक / एक थान कथा लेखेका थिए भने ६ जना विध्यार्थीहरु क्रमशः अशु अधिकारी , युनिशा पुडासैनी ,आदित्य डङ्गोल,दिया रिमाल, अग्रिम न्यौपाने र निशा पुडासैनीले कथा वाचन समेत गरेका थिए ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्