४ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

म नेता हुन सक्दिन

विवेक ढकाल,

चोरलाई साधु भन्न सक्दिन

साधुलाई चोर भन्न सक्दिन

Shivapuri rural municipality awareness message jalapanews

बेइमानलाई इमानदार भन्न सक्दिन

इमानदार लाई बेइमान भन्न सक्दिन

साँचोलाई झुटो भन्न सक्दिन

र झुटोलाई साँचो भन्न पनि सक्दिन

त्यसैले, सरी ल

म नेता हुन सक्दिन ।

सायद !

मेरा जिन्दगीको डायरीमा

झुट नदेख्नेहरू

लुट नदेख्नेहरू

कुनै स्वार्थ मिश्रित गुट नभेट्नेहरू

भन्छन्- अब त नेता बन्नु पर्यो ।

कालोलाई कालै देख्छु

सेतोलाई सेतै देख्छु

र जुन चिज जस्तो छ त्यस्तै देख्छु

त्यसैले,सरी ल

म नेता हुन सक्दिन ।

ए प्रिय मान्छेहरू

बस्… !

तिमीहरूकै

पीर मर्कामा निरन्तर उभिरहँन सकुँ

तिमीहरूकै

सुख दु:खको सारथि बनिरहँन सकुँ

तर, तिमीहरूले भनेजस्तो

यो फोहोरी राजनीतिमा

न्यायको विरूद्व बोल्न सक्दिन

समानताको विरूद्व लेख्न सक्दिन

र परिवर्तनको विपक्षमा उभिन सक्दिन

त्यसैले त ,सरी ल

म नेता हुन सक्दिन

प्रतिक्रिया दिनुहोस्