२८ आश्विन २०८१, सोमबार
Logo

स्व.हरिशरण डोटेलको अन्तिम लेख-हाम्रो देश समृद्ध बन्न नसक्नुको मुख्य कारण भ्रष्टाचार हो ।

हाम्रो देश समृद्ध बन्न नसक्नुको मुख्य कारण भ्रष्टाचार हो।मन्त्री देखी कर्मचारी र नेता देखि कार्यकर्ता सबै भ्रष्टाचारमा लिप्त भएका छन ।
हरेक निर्बाचनमा गरिब जनता सङ्ग मत खरिद गरेर नेताहरु सत्तामा पुग्ने परिपाटीले नेता वा पार्टी जनता प्रती उत्तरदायी हुनु नपर्ने भएका कारण पनि भ्रष्टाचार मौलाईरहेको छ र त्यही भ्रष्टाचारको पैसाले पुन चुनब जितेर राज्य कोषको दोहन गर्ने क्रम बढ्दो छ ।

तसर्थ बर्तमान निर्बाचन प्रणाली नै त्रुटिपूर्ण छ ,भने अर्को तर्फ कर्मचारी जगत पनि भ्रष्टाचारको दलदलमा फसेकोछ । एउटा सामान्य अघिकृतको तलब मासिक ३५ हजार हुन्छ उसको सरदर मासिक खर्च न्युनतम ३० हजार भन्दा बढी हुन्छ । सामान्य स्कुलमा बच्चा पढाउँदा मासिक बिसौं हजार खर्च हुन्छ।नेपालमा हरेक क्षेत्रमा अस्वभाविक मूल्य वृद्धि छ तर एउटा सामान्य मान्छेले सरकारी वा गैरसरकारी जागिर थालनी गरेको मितिले ५ देखि ७ बर्सको बिचमा करोडौंको बंगाला जोडिसकेको हुन्छ बस्न योग्य स्थानमा एक आना जग्गाको लगभग १० लाख भन्दा बढी नै पर्न आउँछ ।

सवारी साधनको मुल्य झनै अस्वभाविक छ भने दैनिक उपभोग्य बस्तु महंगीको गहिरो मारमा छ । यसरी जमिन लगायतमा भएको अस्वभाबिक मूल्य बृद्धि पनि भ्रष्टाचारको अर्को कारण हो । सुखी नेपाली समृद्ध नेपालको मुख्य चुनौती भनेको भ्रष्टाचार नै हो ।

राज्यका हरेक तहमा भ्रष्टाचार मौलाउँदो छ । सरकारी होस् वा गैरसरकारी, सार्वजनिक एवं निजी समाजका हरेक क्षेत्रमा भ्रष्टाचारले जरा गाडेर बसेको छ । अहिले मुलुक संघीयताको कार्यान्वयनको चरणमा छ । स्थानीय, प्रादेशीक र संघीय गरी तीन तहको सरकार सञ्चालनमा छ । जनताका प्रतिनिधिहरूले शासनको बागडोर सम्हालेका छन् । जनताको घरदैलोमा सिंहदरबार र सरकार सङ्गै भ्रष्टाचार पुगेको छ । तिनै तहको सरकारको मुख्य धन्दा भ्रष्टाचार नै हो । कछुवाको गतिमा विकास–निर्माणका काम सुचारु भएका छन् तर उपभोक्ता समिती वा ठेक्का पट्टाको नाउँमा भ्रष्टाचार मौलाएको छ । केन्द्रीकृत भ्रष्टाचारको सञ्जाल विकेन्द्रीकृत भएको छ । भ्रष्टाचारको स्वरूप परिर्वतन भएको छ । पहिले पहिले गुपचुपमा भ्रष्टाचार हुन्थ्यो भने अहिले खुलेआम बिचौलियाबाट सेटिङ मिलाएर वा सोझै घुस लिने प्रचलन हाबी भएको छ । हरेक विकासका कामको केही प्रतिशत रकम कर्मचारी प्रशासन अथबा जनप्रतिनिधिहरुका लागि छुट्ट्याउनै पर्ने बाध्यकारी अघोषित नीत नै बनिसकेको छ ।माथी देखि तल सम्म भ्रष्टाचार बिनाको कुनै क्षेत्र छैन।

Shivapuri rural municipality awareness message jalapanews
              भ्रष्टाचार निबारणका लागि सरकारले नै मुख्य भुमिका खेल्नु पर्ने हो तर बर्तमान सरकार नै नेपालको ईतिहासमै सबै भन्दा ठुला भ्रष्टाचारी भएको कारण खुलेआम भ्रष्टाचार हुन थालेको छ । सरकारकै संलग्नतामा देशमा ठूला–ठूला भ्रष्टाचार भइरहेको तथ्य एक पछि अर्को गर्दै सार्बजनिक भैरहेको छ । एनसेलले केपी वली शेरबहादुर देउबा र प्रचण्डलाई दस दस अर्ब घुस दिएको कारण आफुले राज्यलाई कर तिर्न नसक्ने कुरा पटक पटक स्पस्ट रुपमा भन्दै आई रहेको कुरालाई सामान्य रुपमा हेर्न हुँदैन । होलीवाईन, वाईटबढी बुढी गण्डकी, मेलम्चि लगायत ठुला घोटला प्रकरणमा बर्तमान सरकारको प्रत्यक्ष संलग्नता छ । त्यसैले बिकास र सुसाशनको निम्ति बर्तमान सरकारको बिकल्प अनिवार्य शर्त हो।

प्रधानमन्त्री ओली संमृद्धिको ठुला ठुला कुरा गर्ने तर भित्रभित्रै भ्रष्टाचार र कमिसनको डिलिङ गर्न आफ्ना बिस्वापत्रहरु खटाउने खतरनाक शासक मध्येका एक हुन । निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको ७० करोड कमिसन सेटिङ काण्ड बाट बर्तमान सरकार देश लुट्ने महाअभियानमा लागेको तथ्य प्रमाणीत हुन्छ । सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद प्रकरणमा मात्र नभएर नेपाल टेलिकमको फोरजी सेवा विस्तार सम्बन्धी सम्झौता एनसेल वाईटबढी न्यारो बढी मेलम्ची लगायत लाखौं काण्डहरुको छानबिन गरि कडा भन्दा कडा कारबाही हुन जरुरी छ ।

‘प्रधानमन्त्री केपी ओलीका विश्वास पात्र बाँस्कोटाले यसअघि नै नेपाल टेलिकमको फोरजी सेवा विस्तार सम्झौतामा अरबौ भ्रष्टाचार गरेको सर्वत्र शंका भइरहेको सन्दर्भमा सबैले सुन्ने र बुझ्ने गरी सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७४ करोड कमिसनको काण्डको अडियो दुई महिना अघि नै सुनिसकेका प्रधानमन्त्री ओलीले काभ्रे पुगेर बास्कोटाको मुक्तकण्ठले प्रशंसा गर्नुले बर्तमान सरकारको संलग्नता पुष्टि गर्छ ।

बालुवाटार जग्गा प्रकरणमा गम्भीर आरोप लागेका नेकपाका महासचिव विष्णु पौडेल जोगिनुले होस् वाइडबडी काण्डको अनुसन्धान नहुनु, ३३ किलो सुन काण्ड, नेपाल ट्रष्टको जग्गा कौडीको भाउमा यति होल्डिङसलाई कमिसन लिएर दान दिने काण्ड लगायत काण्डैकाण्डमा बर्तमान सरकार एक पछि अर्को गर्दै फस्दै जानुले यो ससकारको नियत प्रस्ट हुन्छ।

       भ्रष्टाचार विश्वव्यापी समस्याका रूपमै फैलिएको छ । 

विशेष गरी विकासशील मुलुकहरूमा यो निकै बढी छ । बढ्दो भ्रष्टाचारले लगानीका स्रोतहरूलाई खेर फाल्छ । आर्थिक विकासमा नकारात्मक प्रभाव पार्छ । शक्ति, सम्पत्ति र सत्तालाई केन्द्रीकृत गर्ने गर्छ । सर्वसाधारण नागरिकले सास्ती बेहोर्नुपर्छ । धनी र गरिबबीचको खाडल बढ्दै जान्छ । राजनीतिक व्यवस्थालाई अपारदर्शी र अलोकतान्त्रिक बनाउँछ । सरकारी संयन्त्रहरू प्रती जनबिस्वास ध्वस्त हुँदै जान्छ । सामाजिक, सांस्कृतिक र राष्ट्रिय सम्बन्धमा असर पु(याउँछ । भ्रष्टाचारले गरिबी बढाउँछ भने विदेशी लगानी घटाउँछ । राजनीतिक अर्थव्यवस्थामा प्रतिकूल प्रभाव पार्छ । समाजमा द्वन्द्व सिर्जना गर्छ । भ्रष्टाचारको पीडा सर्वसाधारण नागरिकले भोग्नुपर्छ । नेपाल विकासमा पछाडि पर्नुको प्रमुख कारण भ्रष्टाचार नै हो । तसर्थ आजको दिनमा राष्ट्रपति प्रधानमन्त्री मुख्यसचिब सचिब लगायत सम्पुर्ण राजनीति कर्मी र कर्मचारी सम्पुर्णको सम्पत्तिको स्रोत बारे गम्भीर छानबिन गरेर स्रोत नखुलेको सम्पत्ति राष्ट्रीयकरण गरि सुशासन र बिकासमा प्रतिबद्ध सरकार आजको आवश्यकता हो।

प्रतिक्रिया दिनुहोस्