१२ श्रावण २०८१, शनिबार
Logo

“मेरो नियमित पहलका कारण पासाङ ल्हामु सडकको निर्माणले गति लिदैछ” साम्सद तामाङ्ग

संघीय साम्सद हित बहादुर तामाङले आफ्नो नियमित पहलका कारण पासाङ ल्हामु सडकको निर्माणकार्यले गति लिन लागेको बताउनु भएको छ ।

ककनी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोह लाई सम्बोधन गर्दै साम्सद तामाङले बालाजु रानिपौवा खण्डमा टेन्डर प्रक्रिया अन्तिममा पुगेकाले अब छिटोभन्दा छिटो निर्माण प्रक्रियाले गतिलिने बिश्वास गर्नुभयो ।
त्यसैगरी साम्सद तामाङले कार्यक्रम लाई सम्बोधन गर्दै राज्यले नियमित रूपमा खेलकुद कार्यक्रमको आयोजना गर्दै उत्कृष्ट खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताउनु भयो ।

ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले गाउँपालिकाले खेलाडी उत्पादनमा जोड दिएको बताउनुहुँदै राष्ट्रिय तथा अन्तरास्ट्रिय खेलाडी उत्पादनमा खर्च गरिने बताउनुभयो ।

जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सन्तोष राइले कार्यक्रम लाई सम्बोधन गर्दै भन्नुभयो “ककनी गाउँपालिकाले खेलकुद लाई सम्बोधन गरेर खेलाडी उत्पादनमा लागेकोमा खुसी व्यक्त गर्दै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

Shivapuri rural municipality awareness message jalapanews

मंगलबार सम्म सञ्चालन हुने प्रतियोगितामा २१ वटा बिद्यालय सहभागि भएका छन् ।

प्रतिक्रिया दिनुहोस्