शिक्षकको कुटाइबाट बिप्लब घाइते
![](https://www.jalapanews.com/wp-content/uploads/2024/06/IMG_20240602_231442.jpg)
शिक्षकको कुटाइबाट एक बिद्यार्थी घाइते भएका छन । घाइते हुनेमा तारुका हिलसाइड इङ्लिस बोर्डिङ स्कुल तारुका कक्षा ३ मा पढ्ने ८ बर्षिय बालक बिप्लब ढकाल हुन ।
तारकेश्वर गाउँपालिका वडा नं ३ तारुका स्थित तारुका हिलसाइड इङलिस बोर्डिङ स्कुलका प्रीन्सिपल प्रलाद प्रधानले कुटपिट गर्दा सोही बिद्यालयमा अध्यनरत छात्र घाइते भएका हुन । कक्षा ३ मा पढ्ने बिप्लब ढकाललाई अक्षर नराम्रो लेखेको भन्दै निर्घात कुटपिट गरेको बालकका बुवा बद्री प्रसाद ढकालले जालपा न्युजलाई जानकारी दिनुभयो । उहाँले आज मात्रै नभएर बिप्लबलाई पटक पटक यातना दिएको बताउनु भयो । बद्री प्रसाद ढकालका अनुसार गणीत बिषय पढाउने प्रलादले बिप्लब साथी प्रकाश श्रेष्ठलाई समेत निर्घात कुटपिट गरेको थिए ।
![](https://www.jalapanews.com/wp-content/uploads/2024/06/IMG_20240602_230853-346x768.jpg)
पटक पटक बालबालिका कुटपिट भएको घटना बाहिरी रहेको भए पनि बिद्यालय प्रशासन मौन रहेकोमा आपत्ति जनाउदै अभिभावक ढकालले अब सहेर नबस्ने , कानुनी उपचारमा जाने बताउनु भयो ।
हाल बालकलाई ज्वरो आउने, टाउको दुख्ने र आत्तिने समस्या भैरहेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
![](https://www.jalapanews.com/wp-content/uploads/2024/06/444783190_445604414856487_5675251212769743227_n-543x768.jpg)
प्रतिक्रिया दिनुहोस्