६ चैत्र २०८०, मंगलवार
Logo
final gp koirala advert

अमेरिकाबाट आशिषले ल्याए ‘के गरौ भन’ [भिडियो ]

अमेरिकामा बसेर नेपाली गीत संगीतमा क्रियाशील प्रतिभाशाली नवगायक आशिष पोखरेल आफ्नो पहिलो अफिसियल म्युजिक भिडियो ‘के गरौ भन’ सार्वजनिक गरेका छन । ‘के गरौ भन’ लोक आधुनिक शैलीको गीत हो । गीतमा स्वर आशिष पोखरेलको छ भने , शब्द र संगीत उमेश राज खड्काको रहेको छ । उमेश राज खड्का गायक पोख्रेलका सांगेतिक गुरु समेत हुन् । यो गीतलाई बिक्रम कार्कीले
संगीत संयोजन गरेका हुन् ।
म्युजिक भिडियोमा आर्जु बैजु , आशिष पोखरेल, बसन्त अधिकारी र देव राज सापकोटाको अभिनय रहेको छ । गीतको छायांकन संकल भुजेलले गरेका हुन् भने भिडियो सम्पादन राम चौधरीले गरेका हुन् । म्युजिक भिडियोमा मिलन बिकको कोरियोग्राफी रहेको छ । शिशिर खातीको निर्देशनमा भिडियो तयार भएको हो । भिडियो गायक पोख्रेलको अफिसियल युट्युव च्यानल मार्फत सावजनिक गरिएको छ ।
यसघि गायक पोखरेल ‘म गुनगुनाउछु’ र ‘सायद यसरी’ बोलको लिरिकल भिडियो सार्वजनिक गरिसकेका छन । लोक आधुनिक , पप र रक गीत गाउन सक्ने पोख्रेल गायक संग संगै, गीतकार र संगीतकार समेत हुन् । उनको शब्द, संगीत र स्वरमा रहेको फरक खालको गीत ‘३६ घण्टा’ रिलिजको तयारीमा छ । ‘के गरौ भन’ गीत बाट दर्शक, स्रोता र मिडिया हाउसको सकारात्मक प्रतिक्रियाको अपेक्षा गायक पोखरेलले राखेका छन ।

प्रतिक्रिया दिनुहोस्