१२ श्रावण २०८१, शनिबार
Logo

चर्चित कलाकारको साथमा कतार स्पोर्टस् डे पार्टी तथा भ्यालेन्टाइन इभ हुँदै

भ्यालेनटाइन डेको अवसरमा ‘कतार स्पोर्टस् डे’ तथा ‘भ्यालेन्टाइन इभ’ हुने भएको छ ।
प्रविन गुरुङ र सरीता गुरुङ सञ्चालक रहेको कतार स्थित ‘एसिएन दोहोरी तथा गजल’मा भ्यालेन्टाइन डेको अवसर पारेर
फ्रेब्रुअरी १२ र १३ मा कार्यक्रम हुने भएको हो ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को मध्यपूर्व क्षेत्रीय संयोजक समेत रहेका गुरुङका अनुसार लोक दोहोरीमा ख्याति प्राप्त गायक गायिकाको बेजोड प्रस्तुति रहने छ ।
कतारको ‘स्पोर्ट्स डे’ तथा भ्यालेन्टाइनको अवसर पारेर गर्न लागिएको सो कार्यक्रममा चर्चित गायक प्रकाश सपुत र दोहोरी ब्याटलका हिरोइन प्रीति आले मगर, चर्चित डान्सर सोना गुरुङ तथा बुगीवुगी नेपालका फाइनलिस्ट रबिन भुजेल, मेनुका तामाङको धमकादार प्रस्तुति रहने छ ।
रेष्टुरेन्ट सदैव ग्राहकहरुको सेवामा समर्पित रहँदै आएको प्रतिबद्धतासहित ‘प्रबासको बसाइमा नेपाली मन, नेपालीपन झल्किने पारिवारिक माहोलमा भरपुर मनोरञ्जन लिन गुरुङले हार्दिक अनुरोध गरेका छन् ।
चर्चित भीजे विवेक खतिवडाकाे सञ्चालन रहने यस कार्यक्रमले कतारमा बस्ने नेपाली तथा विदेशी नागरिकका लागि मनोरञ्जन प्रदान गर्ने आयोजकको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्