१ आश्विन २०८१, मंगलवार
Logo

धुर्मुस–सुन्तलीको ‘सेन्टी भाइरस’को विदेश राइट्स किन्यो नेप्सिनेले

धुर्मुस–सुन्तलीको प्रस्तुतिमा तयार भएको सिनेमा ‘सेन्टी भाइरस’को विदेश राइट्स विक्री भएको छ । चलचित्रका प्रस्तुतकर्ता तथा कलाकार सिताराम कट्टेलका अनुसार, यो सिनेमाको विदेश राइट्स अमेरिकाको नेप्सिने कम्पनीले १ करोड १५ लाखमा खरिद गरेको छ ।
गौतम वुद्ध अन्तरराष्ट्रिय रंगशाला निर्माण स्थलमा पटक पटकको बार्तापछि सोमवार नेप्सिने कम्पनी कप्पनीका तर्फ बाट नेप्सीने कम्पनी नेपाल प्रमुख विधान कार्की , नेप्सीने नेपालका व्यवस्थापक दिपेन्द्र कार्की र सुविहानी फिल्मस्को तर्फबाट सिताराम कट्टेलबीच कागजी सम्झौता भएको हो ।
यो फिल्मको बिदेश राइट्स छ माया छपक्कैको भन्दा बढि हो । ‘छ माया छपक्कै’ को विदेश राइट्स १ करोड १० लाख मा विक्री भएको थियो । अब, ‘सेन्टी भाइरस’ सबैभन्दा महँगो मूल्यमा विदेश राइट्स विक्री हुने फिल्म बनेको छ ।
२ करोडको लागतमा बनेको फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् । फिल्मका सहनिर्माता फूर्पा लामा हुन् । कुमार कट्टेल र दीपक आचार्यले लेखेको कथामा बनेको फिल्मका निर्देशक ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ हुन् । चलचित्रको फनफनी बोलको गीत र ट्रेलर लाइ दर्शकले रुचाएका छन् ।
चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रको मुनाफाको ५० प्रतिशत रकम क्रिकेट रंगशाला निर्माणमा खर्च गरिने यसको निर्माणपक्षले बताइसकेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्