१२ श्रावण २०८१, शनिबार
Logo

समीरको स्वर र शंकर थापा ‘स्माईल’को संगीतमा ‘निरमाया २’ [भिडियो ]

‘निरमाया’ बो

लको गीतको सफलता पछि सोही टिमले ‘निरमाया २’ बोलको गीत सार्वजनिक गरेको छ । बुधबार डश म्युजिक नेपालको युट्युब च्यानलमार्फत् उक्त गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीत ‘निरमाया’का गायक समीर मोक्तानकै आवाज रहेको छ । डि.पी खनालको शब्द रहेको गीतमा शंकर थापा ‘स्माईल’ले संगीत भरेका छन् । उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमा मनिषा पोखरेलले पनि आवाज दिएकी छिन ।
शान थापाको निर्देशनमा बनेको भिडियोमा सागर लम्साल ‘बले’ र कविता नेपाली फिचर भएका छन् । सागर हाँस्य टेलिसिरियल सक्किगोनीमा ‘बले’को भूमिकाबाट सबैमाझ चिनिएका छन् भने कविता बुगीवुगी सिजन १ की विजेता हुन ।
राजिव समरको नृत्य निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन । भिडियो सम्पादनको काम सुप्रिम पराजुलीले गरेका छन ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्