१२ श्रावण २०८१, शनिबार
Logo

मुस्ताङमा सुन्दर ठाउमा माइनस १० डिग्रीमा खिचिएको ‘तेरे बिन’को भिडियो रिलिज

बलिवुड फिल्म सिम्बाको चर्चित गीत ‘तेरे बिन’को नेपालमा पहिलो पटक कभर भिडियो बनाइएको छ । पर्यटकीय छेत्र मुस्ताङमा करिब माइनस १० डिग्रीमा खिचिएको उक्त भिडियोमा आकाश बागचन्द्र र कुसुम अधिकारीले अभिनय गरेका छन भने गीतको भिडियोमा रक कौशलको छायांकन, गायक संगीतकार राजेन्द्र बजगाईंको निर्देशन र बिकाश दाहालको भिडियो सम्पादन रहेको छ । गीतको भिडियोलाई राजेन्द्र बजगाई लेआफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन । बलिवुडमा अत्याधिक लोकप्रिय रहेको उक्त गीतलाई राहत फतेह अली खान, अशिस कौर र तनिस्क बग्चीले गाएका हुन जसमा रश्मि बिरागको रचना र तनिस्क बग्चीको संगीत रहेको छ।
भिडियोको निर्देशक रहेका गायन एबम संगीतकार राजेन्द्र बजगाईंले बलिबुडकै सर्बोत्कृष्ट युट्युब कम्पनी टीसिरीजबाट अनुमति लिएर उक्त गीतको भिडियो निर्माण गरेको र मुस्ताङमामै छायांकन गरिएको नेपाली गीतको पनि छिटै नै भिडियो सार्वजनिक गरिने जानकारी दिनुभयो ।

https://www.youtube.com/watch?v=4VSDHO_OvMo

प्रतिक्रिया दिनुहोस्