२६ जेष्ठ २०८०, शुक्रबार
Logo
final gp koirala advert

चर्चित बन्दै दुर्गेश थापा फिचर्ड ‘पिरतीको दाम्लो’ [भिडियो ]

धेरै पहिला देखिनै निरन्तर पृथक स्वादका मिठा मिठा गीतसंगीत दर्शक स्रोतामाझ प्रस्तुत गरिसकेका अस्ट्रेलिया निवासी युवा गायक राजेश के सीको नयाँ गीत ‘पिरतीको दाम्लो’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। राज गुरुङको शब्द र किरण भण्डारीको संगीत रहेको गीतमा राजेशलाई पार्श्व गायनमा व्यस्त अनु चौधरीले साथ् दिएकी छिन भने भिडियोमा पछिल्लो समयका चर्चित मोडेल दुर्गेश थापा र बिनु शाक्यको अभिनय रहेको छ ।दुर्गा पौडेलको सिनेमाटोग्राफी र नबिन घर्तीमगरको सम्पादन रहेको ‘पिरतीको दाम्लो’ भिडियोलाई शंकर बि सीले निर्देशन गरेका हुन भने भिडियोलाई एसियन म्युजिकले बजारमा ल्याएको हो।
लामो समय देखि अस्ट्रेलियाको सिड्नी बस्दै आउनु भएका गायक राजेश के सीको करिब १ दर्जन भन्दा बढी हिट गीतहरु आइसकेका छन ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्