जाडाे महिनामा हृदयघात हुने सम्भावना बढी हुन्छ, यस्ता छन् कारण र बञ्चने उपाए

हार्ट अट्याक अर्थात ‘हृदयघात’ आजकाल याे शब्द धेरैनै सुनिदै आएकाे शब्द हाे । तर कसरी हुन्छ हार्ट अट्याक । यसकाे मुख्य कारण के हाे ? यस बारे राम्राे संग जान्न र बुझ्न जरुरी छ ।
मुटु हाम्राे शरिरकाे एक महत्वपूर्ण अंग हाे । जुन लाखौ कोषहरु मिलेर बनेको हुन्छ । जसलाई लगातार पोषणकाे आवश्यकता हुन्छ । मुटुलाई चाहिने पाेषण भन्नाले अक्सिजन , साेडियम , क्याल्सियम , पोटासियम , म्याग्नेसियम जस्ता धेरै तत्वहरुकाे आवश्यक पर्छ। यस्ता तत्वहरु सन्तुलित अवस्थामा हुनुले मुटुलाई चाैबिसै घण्टा चलायामान राख्न मद्धत पुग्छ । मुटुलाई चाहिने यस्ता पाेषण तत्वहरु रक्तनलीकाे सहायतामा बग्ने गर्छन् । त्यसमा पनी अक्सिजनकाे मात्रा सबै भन्दा बढी आवश्यक हुनजान्छ। हरेक काेषमा सहि र सन्तुलित अवस्थामा पोषण तत्व पुर्याउने काम साना साना रक्तनलीहरुले गर्छन्। त्यस्ता रक्तनलीहरु विभिन्न कारणले कहिले काँही साँघुरीने समस्या हुन्छ । यसरी रक्तनली साँघुरीदा , ठप्प हुँदा वा कुनै अवराेध आउँदा मुटुलाई आवश्यक तत्वहरु सहिमात्रामा पुग्न सक्दैन । यस्ताे अवस्थामा मांसपेशी अर्थात मसलले काम गर्न छाेड्छ र त्यही अवस्थालाईनै हार्ट अट्याक अर्थात ‘हृदयघात’ भन्ने गरिन्छ ।
मुटुको देब्रे मुख्य नली अवरोध भएमा त झन् हृदयघात प्राणघातक पनि हुन सक्छ । यस्ताे अवस्थामा मानिसकाे तत्काल ज्यान जान पनि सक्छ । कहिले काँही साना साना धमनीहरुको अवरोध भएर भएको हृदयघात मानिसलाई थाहा नहुन पनि सक्छ। तर ठूलो नलीमा अवरोध भएमा भने जाे काेहीले सहजै अनुमान लगाउन सक्छ । यस्ताे अवस्थामा छातिको बिच वा देब्रे काेखातिर बेस्सरी थिचेको जसरी दुख्ने गर्छ । अत्याधिक पिडाकाे महसुस हुन्छ भने सास फेर्ने गार्हाे हुन्छ । यस्ताे अवस्थामा चिट् चिट् पसिना आउँने , वाक वाक लाग्ने र उस्तै परे मानिस बेहोस समेत हुन सक्छ।
जाडाे माैसममा शरिरकाे तापक्रम कम हुने भएकाले सन्तुलित अवस्थामा राख्न मुटु को मांसपेशीले बडी काम गर्नु पर्छ । यस्ताे बेलामा अक्सिजनकाे मात्रा झन् धेरै आवश्यक हुने गर्छ भने रक्तनलीबाट प्रयाप्त मात्रामा मुटुलाई आवश्यक तत्वहरु पुग्नु पर्ने हुन्छ । यहीबेलामा अवराेध भएर वा कुनै कारणले नली सानो भई प्रयाप्त मात्रामा कोषहरुमा अक्सिजन नपुगेमा हृदयघात हुन सक्छ । त्यस्तै जाडाे माैसममा हाम्राे शरिरकाे रगत आफैमा पनी बाक्लो हुने र रगतको आफै ढिक्का (clot ) बन्ने हुनाले पनी हृदयघात हुने गर्छ । जाडाे माैसममा मुटुराेगीहरुले धेरै नै सावधानी अपनाउनु पर्छ भने समस्या आउँदा तुरुन्तै बिशेषज्ञ चिकित्सककाे सल्लाह लिनु पर्छ ।
बञ्चने उपाए
विशेषगरी उच्च रक्तचाप, मधुमेह र कोलेस्टेरोलले नली जाम गराउने वा नलिमा अवराेध सिर्जना गर्न सक्छ । यस्ता समस्यालाई समयमानै नियन्त्रणमा राख्न सकेमा हृदयघात हुने जाेखिमबाट आफुलाई बचाउन सकिन्छ । याे संगै मोटोपन कम गर्ने, नियमित व्यायाम गर्ने तनावबाट मुक्त हुने र जिवनशैलीमा सुधार ल्याउने हाे भने हृदयघातकाे जाेखीमबाट धेरै हद सम्म बञ्चन सकिन्छ । हृदयघात सम्बन्धी धेरैले सुनेकाे भएतापनी आफुलाई समस्या नआउन्जेल मानिसहरुले खास्सै ध्यान दिएकाे पाईदैन । त्यसमाथी हृदयराेगका लक्षणहरु साधारण हुने भएकाले पनी मानिसहरु खास्सै सचेत भएकाे पाईदैन । कतिले त सामान्य अनुमान समेत नलाउन सक्छन् । याे अकस्मात आईपर्ने समस्या हाे ।
यस्ता लक्षण भएमा हृदयघात हुन सक्छ
व्यायाम गर्दा, उकालो चढ्दा, भर्याङ्गमा चढ्दा, मानसिक तनाव बढ्दा प्रायजसाे छातिको बिचमा वा देब्रेतिर भारी हुने हुने सम्या हुन्छ । कहिले काँही त ढुंगाले बेस्सरी थिचे जस्तो अनुभव समेत हुने गर्छ । त्यस्तै स्वाँ स्वाँ बढ्ने तर आराम गरे पछि सन्चो भैहाल्ने हुन्छ । कहिले काँही देव्रे हातमा वा च्यापुतिर पनि दुखाई सरेको जस्तो अनुभव पनि हुनसक्छ जसलाई एन्जयिना भनिन्छ । हृदयघातले कुनै टाईम भन्दैन । याे जुनसुकै बेला पनि बेला हुन सक्छ तर बिशेषगरी गरेर एकाबिहानै र जाडो महिनामा यसकाे जाेखिम बढी हुनेगर्छ । जाडाे माैसममा शरिरकाे तापक्रम कम हुने भएकाले सन्तुलित अवस्थामा राख्न मुटु को मांसपेशीले बडी काम गर्नु पर्छ । यस्ताे बेलामा अक्सिजनकाे मात्रा झन् धेरै आवश्यक हुने गर्छ भने रक्तनलीबाट प्रयाप्त मात्रामा मुटुलाई आवश्यक तत्वहरु पुग्नु पर्ने हुन्छ । यहीबेलामा अवराेध भएर वा कुनै कारणले नली सानो भई प्रयाप्त मात्रामा कोषहरुमा ओक्सिजन नपुगेमा हृदयघात हुन सक्छ । त्यस्तै जाडाे माैसममा हाम्राे शरिरकाे रगत आफैमा पनी बाक्लो हुने र रगतको आफै ढिक्का (clot ) बन्ने हुनाले पनी हृदयघात हुने गर्छ । यदि यस्तो लक्षण देखा परेमा तुरून्त मुटुरोग विशेषज्ञको परामर्श लिनु जरूरी छ। अधिकाशं मानिसहरु यस्ता समस्यालाई सामान्य लिईरहेका हुन्छन् । यस्ताे बेला हृदयघात भई ज्यानै पनी जान सक्छ। त्यसैले जाडाे माैसममा मुटुराेगीहरुले बढीनै सावधान रहनु पर्छ । अधिकाशं मानिसहरु यस्ता समस्यालाई सामान्य लिईरहेका हुन्छन् । यस्ताे बेला हृदयघात भई ज्यानै पनी जान सक्छ।
कारक तत्वकाे पहिचान
हृदयघात भइसकेपछि उपचार त्यती सहज हुँदैन। देव्रे मुख्य धमिनीमा अवरोध भएमा समस्या झनै जटिल हुन्छ। किनकी पहिलो हृदयघातमा नै मृत्युसम्म हुन सक्छ । त्यसकार यसबाट बञ्चने मख्य उपाए भनेकाेनै कमसेकम एक पटक आफ्नो मुटुको परीक्षण गर्नुनै उत्तम हुन्छ । मुटुमा समस्या देखिएमा वा असहज भएमा विशेषज्ञ चिकित्सकसंग जाँच गर्नुपर्छ। किनकी हालसम्म हृदयघात ठ्याक्कै कस्ताे अवस्थामा र यसकाे मुख्य कारण पत्ता लाग्ननै सकेकाे छैन । त्यसकारण हृदयघात गराउन सक्ने कारक तत्वबारे बिशेष सावधानी अपनाउनु पर्छ । हृदयघातका कारक तत्वहरु परिवर्तन गर्न मिल्ने र नमिल्ने गरी दुई किसिमका छन् । हामीले परिवर्तन गर्न नसक्ने कारक तत्वहरुमाः उमेर – जती उमेर बढी छ हृदयघातकाे खतरा त्यतिनै बढी हुन्छ। पुरूष – महिलाकाे तुलनामा पुरुषलाई बढी हृदयघात हुन्छ। बंशाणुगत – हृदयघात बंशाणुगत पनी हुने गर्छ । परिवारका कुनै सदस्यलाई हृदयघात भएकाे छ भने अरु सदस्यमा पनी हृदयघातकाे समस्या हुन सक्ने प्रचुर सम्भावना रहन्छ । जाति – दक्षिणपूर्वी एसियामा बढी हुन्छ। तर केही अन्य कारक तत्व भने हामीले सहजै परिवर्तन गर्न सक्छाै । धुम्रपान, उच्च रक्तचाप, मधुमेह ,उच्च कोलेस्टेरोल, व्यायामको कमी, मानसिक तनाव, जीवन शैली, मोटोपना, नियमित स्वास्थ्य परीक्षण गराउनुले धेरै हद सम्म हृदयघातकाे जाेखिमबाट बञ्चन सकिन्छ ।
– मुटुराेग बिशेषज्ञ डा.सुदिप केसी स्वास्थ्य मन्त्रालय माल्दिभ्समा कार्यरत चिकित्सक हुन् ।
प्रस्तुती:शान्ति थापा
प्रतिक्रिया दिनुहोस्