मानव ओसारपसार मुद्दामा दोषी ठहर डोल्मालाई २० वर्ष कैद सजाय, २ लाख जरिबाना,
२६ वर्षीया र २९ वर्षीया महिलालाई भारतमा बिक्री गरी जबरजस्ती यौन कार्यमालगाएको कसुरमाशिवपुरी गाउँपालिका-१ तलाखुकी ४० वर्षीया सोनामभन्ने हेरिङ डोल्मातामाङलाई नुवाकोट जिल्लाअदालतले मानव बेचबिखनतथाओसारपसार र जबरजस्ती यौन कार्यमालगाएको कसुरमा दोषी ठहर गरेको छ ।
न्यायाधीशशुभाषबाबु पुरीको इजलासले भदौ ६ गते डोल्मालाई मानव बेचबिखनतथाओसारपसार मुद्दामा दोषी ठहर गर्दै २० वर्ष कैद सजायको फैसला सुनाएको हो । डोल्मालाई २० वर्ष कैद सजाय, २ लाख रुपियाँ जरिबाना, पीडितलाई जनही १ लाख ५० हजार रुपियाँक्षतिपूर्ति भराउन र पीडित राहतकोषमा १० हजार ४ सय रुपियाँदाखिला गराउनसमेत फैसलाभएको भएको नुवाकोट जिल्लाअदालतकीश्रेस्तेदार खेमकुमारी बस्नेतले जानकारी दिनु भयो ।
पीडितलाई जबरजस्ती यौन कार्यमालगाएको कसुरमा समेत अदालतले डोल्मालाई दोषी ठहर गरेको छ । सो कसुरमा १२ वर्ष कैद सजाय, ६० हजार रुपियाँ जरिबानाको फैसलाभएको श्रेस्तेदार बस्नेतले जानकारी दिनु भयो ।
काभ्रेकी २६ वर्षीया महिलाले २०७३ वैशाख ३ गते ललाईफकाई भारतमापुर्याउने सिन्धुपाल्चोक राम्चेका ३४ वर्षीय कुमार तामाङसँग भारु. ५ लाखमा भारतको मुनिरका स्थित जिवि रोडमा कोठी सञ्चालन गर्ने आरोपित डोल्माले चार महिना यौन कार्यमा जबरजस्ती लगाएको भन्ने उजुरीको आधार मातामाङलाई ०७९ चैत २६ गते प्रहरीले गिरफ्तार गरेको थियो ।
यसअघि नुवाकोटकी २९ वर्षीया महिलाको उजुरीमापनि डोल्माप्रतिवादी रहेको र सोही घटनामा संलग्नकुमार तामाङको फैसलामा डोल्मालाई भेटिएको बखत मुद्दा चलाउने गरी फैसला भएकोले पुरक जाहेरी दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला सहायक न्यायाधिवक्ता विकास बन्जराले बताउनु भयो ।
उल्लिखित पीडितहरुलाई बेचबिखनमा संलग्न रहेको कसुरमा कुमार तामाङलाई भने नुवाकोट जिल्ला अदालतले ०७५ कात्तिक १४ गते दोषी ठहर गर्दै २० वर्ष कैद सजाय र ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको थियो । हाल तामाङले कैद भुक्तान गरिरहेको प्रहरीले जनाएको छ । उक्त केसमा सुरु देखि नै सुनिता फाउन्डेसनले कानुनी सहयोग ,आर्थिक, सामाजिक र मनोविमर्श सेवा सहयोग प्रदानगर्दै आएको छ र प्रभावितहरु सुनिता फाउन्डेसनको सदस्य रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्