२४ मंसिर २०८०, आईतबार
Logo
final gp koirala advert

बागमती प्रदेशका ३१ पत्रकार महिलाको तालिम भरतपुरमा शुरु

सञ्चार रजिष्ट्रारको कार्यालय बागती प्रदेशद्धारा आयोजित समाचार लेखन तथा सम्पादन कार्यशालामा सहभागी ३१ पत्रकार महिलाको सिकाई बिहिबारदेखि चितवनको भरतपुर महानगरपालिकाको देवनगरस्थित हवेलीमा शुरु भएको छ । समाचार लेखन तथा सम्पादन कार्यशालामा रामेछाप, सिन्धुली, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक र दोलखाका पत्रकार महिला सहभागी छन् ।


बागमती प्रदेशमा क्रियाशिल पत्रकार महिलाका लागि आयोजित समाचार लेखन तथा सम्पादन कार्यशालाको बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले उदघाटन गर्नु भएपछि प्रशिक्षकद्धय विनोद ढुंगेल र सुरेन्द्र पाण्डे लेखन तथा सम्पादनमा प्रशिक्षण दिइरहनु भएको छ ।


विवाहपछि पत्रकार महिलाहरुको निष्क्रियतालाई सक्रियतामा बदल्न बागमती प्रदेश सरकारले लिनु पर्ने नीतिगत र कानूनी सुझाव दिन मन्त्री श्रेष्ठले अनुरोध गर्नुभयो । मुलुकले अर्को गृहयुद्ध थेग्न नसक्ने भएकोले बलिदानबाट प्राप्त गरेको संघीयता र गणतन्त्रको पक्ष अनि प्रदेशको आवश्यकता र औचित्व बुझाउने गरी सम्प्रेषण गर्न अनुरोध गर्नु भयो ।


बागमती प्रदेशको सञ्चार रजिष्ट्रार कार्यालयले गत बर्ष पनि पत्रकार महिलाका लागि समाचार लेखन तथा सम्पादन कार्यशाला सञ्चालन गरेको थियो । सञ्चार रजिष्ट्रारको कार्यालयले अनलाइन पत्रकारिता, मोबाइल पत्रकारिता, डेटा ड्रिभन पत्रकारिता, रेडियो प्राविधिकका तालिम सञ्चालन गर्दै आएको छ । बागमती प्रदेशको पत्रकारिताको गुणस्तर बृद्धि गर्न र पत्रकारितालाई व्यवस्थित बनाउन पत्रकारको क्षमता बिकासमा जोड दिदै आएको सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले बताउनुभयो । बागमती प्रदेशबाट परिचयपत्र प्राप्त गरेका पत्रकारको सामूहिक दुर्घटना बिमा गरेर पत्रकारको सुरक्षालाई ध्यान दिइएको सापकोटाले बताउनुभयो ।

Shivapuri rural municipality awareness message jalapanews


उदघाटन समारोहमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सिर्जना अर्याल, बागमती प्रदेशका महासचिव कृष्ण सारुमगर, चितवन जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारीले लेखन तथा सम्पादन तालिम पत्रकार महिलाको क्षमता बिकास गराउन योगदान पुरयाउने बिश्वास व्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्