११ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

नेता पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने डाक्टरहरूको सुझाव

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने डाक्टरहरूले सुझाव दिएका छन् । वंशाणुगत जन्डिस (कमलपित्त) का कारणले ग्रसित रहनुभएका नेता पुनको पुस ३० गते पुनः स्वास्थ्यमा समस्या देखिएपछि ललितपुरकाे सुमेरु अस्पताल भर्ना गरी उपचार भइरहेको छ । 

उहाँको उपचारमा संलग्न कलेजो तथा पेट रोग विशेषज्ञ डा. युवराज शर्माले अहिले उहाँको स्वास्थ्य उपचार सुधार भए पनि दीर्घकालीन समस्या समाधानका लागि कलेजोको प्रत्यारोपण गर्नुपर्ने बताउनुभयो । ‘जन्डिसका कारणले उहाँको कलेजो समस्या देखिएको छ, अरू वैकल्पिक उपचार गरेर कलेजोलाई ठिक पार्न सकिन्छ कि भनेर हामी लागेको छौँ’, उहाँले भन्नुभयो, ‘तर कलेजोको कमजोर स्थिति नै आइसकेको हुनाले प्रत्यारोपण गर्नु सबैभन्दा राम्रो हो ।’

डा. शर्माले कलेजो प्रत्यारोपण कहाँ र कसरी गर्ने भन्ने सम्बन्धमा बिरामीसँग छलफल गर्नेसमेत बताउनुभयो । जन्डिसका कारणले स्वास्थ्यमा समस्या देखिएपछि गएकाे मङ्सिरमा उपचारका लागि नेता पुन चीन जानुभएको थियो । उहाँको स्वास्थ्यमा सुधार आएपछि नेपाल फर्कनुभएको थियो । पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ । चीनमा उपचार गर्नुभन्दा अगाडि गएकाे वर्ष पनि रोगले च्यापेपछि उहाँको थाइल्यान्डमा उपचार गरिएको थियो ।

रासस

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्