१२ श्रावण २०८१, शनिबार
Logo

राजको ‘हाउ लुङ्वा’ मा रुकमान र प्रिया लिम्बु [भिडियो]

गायक राज लिम्बुले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो “हाउ लुङ्वा” सार्वजनिक गरेका छन ।यसअघि यौनिक तथा अल्पसंख्यक समुदाय प्रति समर्पित गीत “ बुझिदेउ “ बाट चर्चा कमाएका गायक लिम्बुको यो दोस्रो म्युजिक भिडियो हो ।
“हाउ लुङ्वा” गीतमा नेपालको पुर्वी भागको चलन र संस्कारमा रहेको लिम्बु जातिको को संस्कारमा आधरित नाच (धाननाच ) र गाउने गीत (पालाम ) को कुराको वर्णन लाई अलिकति फ्युजन नयाँ तरिकाले प्रस्तुत गरिएको छ।
यस गीतमा स्वर , शब्द र संगीत गायक राज लिम्बुको रहेको छ । गीतको संगीत संयोजन गोपाल रसाइलीले गरेका हुन। म्युजिक भिडियोमा गायक तथा पछिल्लो समय अभिनयमापनि सक्रिय रुकमान लिम्बु र प्रिया लिम्बुको अभिनय रहेको छ । अनिल रानाले भिडियो सम्पादन गरेका हुन ।भुपेन्द्र तुम्बाहाङ्फेको निर्देशनमा म्युजिक भिडियो तयार पारिएको हो ।
राज लिम्बुको अफ़िसिएल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्