१२ श्रावण २०८१, शनिबार
Logo

ईश्वर पोखरेलको नयाँ सांगीतिक कोशेली ‘चौबिस घण्टै’ रिलिज [भिडियो ]

गायक ईश्वर पोखरेलको नयाँ सांगीतिक कोशेली ‘चौबिस घण्टै’ बोलको गीत सार्बजनिक भएको छ। ईश्वर पोखरेल र मेलिना राईको युगल स्वर रहेको ‘चौबिस घण्टै मा एक नारायण भण्डारीको शब्द, संगीत र कृष्ण बिकको संगीत संयोजन रहेको छ । नायिका केकी अधिकारी र सुरज पौडेलको अभिनय गीतको म्युजिक भिडीयोमा प्रकाश धितालको निर्देशन, बिकास दाहालको सम्पादन,सन्तोष राजबाहकको कोरियोग्राफी,उत्सब दाहालको छायङ्कन रहेको छ। गीतलाई एम्पाएर एजुकेशन एण्ड भिजा सर्भिसेसले प्रायोजन गरेको हो।
सन् २००९ देखी अष्ट्रेलियामा बस्दै आएका गायक गायक ईश्वर पोखरेलको कारीब २ दर्जन भन्दा बढी गीत रेकर्ड भईसकेका छन । यस अघि २ सोलो अल्बम – “शीतल” अनी “अराइज” सहित अष्ट्रेलियाबाट सामुहिक गीती संग्रह ”उडान” पनि २ बर्ष अगाडि रिलिज गरेका गायक
पोखरेलको रातो रिबन, काली मोरी, तिमी छैनौ त छैन शीतल, मैले झै मर्ने बारे सोछ्छौ होला, कती बज्यो भनेर सोधौ’ दर्शकले अत्याधिक मन पराएका गीतहरु हुन्
अष्ट्रेलियामा धेरै संगीतिक कार्यक्रममा प्रस्तुतीको साथै सांगीतिक कार्यक्रम पनि आयोजना गर्ने गरेका गायक पोखरेल कलाकार को संस्था ” अन्तरास्ट्रिय नेपाली कलाकार समाज” अष्ट्रेलिया ईनासका सल्लाहाकर हुन ।
https://www.youtube.com/watch?v=MReHo_dqJQY&fbclid=IwAR2LOM5lTzXq_I2nkVEW-H15f9uvCVuz7UOBiCO03AUKkOaM6jf023yFSUo

प्रतिक्रिया दिनुहोस्