४ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

५३ सय मिटरको उचाईमा खिचिएको बालगीतको भिडियो सार्वजनिक [भिडियो]

आज नोभेम्बर २० अर्थात् अन्तरराष्ट्रिय बालदिवस यसै दिनको अवसरमा सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका १ खरिखोलाका सर्जक सुरेश खप्तरी मगरको संदेशमुलक बाल गीत “खुम्बियुलाको फेदमुनि हामी बालबालिका” को म्युजिक भिडियो सार्बजनिक भएको छ।
शंकर थापा स्माईलको संगीत तथा बिश्व अधिकारी को संगीत संयोजनमा चर्चित बाल गायिका बिमु मगर र अंकित पुनले आवाज भरेका छन । शिक्षा क्षेत्रलाई बिशेष महत्व दिएर रचना गरिएको यस गितमा राम्रो संदेश दिन खोजिएको छ । यस बाल गितको म्युजिक भिडियोलाई ४८ सय मिटरको उचाईमा रहेको गोक्यो हिमताल र गोक्यो आसपासका रमणीय क्षेत्रमा तथा खुम्जुङ माध्यमिक बिद्यालयमा छायाङ्कन गरिएको हो ।
यस सन्देशमुलक बाल गितको म्युजिक भिडियोको निर्मता तथा गितकार सुरेश मगर,डिरेक्टर भुपेन्द्र गुरुङ् तथा क्यामेरा म्यान रविन थापा, बाल कलाकार बिम्बु मगर दिपेश खत्री क्यामेरा टेकर आनन्द यादब, अभिनाश मानन्धरको साथमा १५ जनाको टोलि काठमाडौं देखि खरिखोला हुदै संसारको प्रख्यात रामासार क्षेत्र ४८०० मिटर हाइटमा रहेको गोक्यो तथा ५३५० मिटरको उचाइम रहेको गोक्यो रि मा समेत छयाङ्कन गरिएको हो। म्युजिक भिडियोलाइ डश म्युजिक नेपालको अफिसियल यूट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ।
हेर्नुस् भिडियो:
https://www.youtube.com/watch?v=foVrMOVe0eo

प्रतिक्रिया दिनुहोस्