१२ श्रावण २०८१, शनिबार
Logo

शंकर थापा ‘स्माइल’ र चर्चित गायिका अन्जु पन्तको ‘तिमीलाई कति माया गर्छु’ [भिडियो ]

गीत रचना गर्नु भनेको शब्दमा प्राण भर्नु हो । एउटा गीत तयार गर्दा कैयौं पटक भावनामा डुबेर लेख्नुपर्ने हुन्छ । तर तिनै गीतकार सधै ओझेल परे भन्ने गुनासो सधै सुनिने गरिन्छ । गीतकार प्रल्लाद शाह एक भाग्यमानी स्रस्टा हुन् जसले आफ्नो गित लेखनको छोटो समयमा नै नेपाली गीत संगीतमा परिचय स्थापित गर्न सफल भैसकेका छन । निरन्तर पृथक स्वादका मिठा मिठा गीत संगीत दर्शक स्रोता माझ प्रस्तुत गरिरहेका शाहको हालै मात्र ‘तिमीलाई कति माया गर्छु’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरेका छन ।

रोमान्टिक भर्सनको यस गीतमा स्वर चर्चित तथा लोकप्रिय गायिका अन्जु पन्त र शंकर थापा ‘स्माइल’ रहेको छ । गीतमा संगीत स्वयम गायक शंकर थापा ‘स्माइल’ रहेको छ । गीतमा संगीत संयोजन उदय राज पौडेलले गरेका हुन । निरन्तर रुपमा छोटो समयमा छिटो छिटो आफ्ना विभिन्न स्वादका गीत संगीत प्रस्तुत गरेर दर्शक श्रोताको मन जित्न सफल गीतकार शाहका यसअघि धेरै गीतहरु लोकप्रिय भैसकेका छन
हाल लिरिकल भर्सनमा उपलब्ध यस भिडियोको फराज अर्पणले गरेका हुन् । इन्दिरा लामिछाने शाह निर्माणकर्ता रहेको यस भिडियो भाकाघर युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
https://www.youtube.com/watch?v=gU4dnHVEkM0&feature=youtu.be&fbclid=IwAR2AxZvi4PX6uKZZHJa0KZ5IAkHdT2fhJMD0ttnfZOvkHOzVLfAv8DR5NdE

प्रतिक्रिया दिनुहोस्