२४ मंसिर २०८०, आईतबार
Logo
final gp koirala advert

पहिलो नेपाल आइडलका बुद्ध लामाको ‘आफु भन्दा जेठी’भिडियो रिलिज

पहिलो नेपाल आइडल बुद्ध लामाले बिभिन्न स्वादका गीत र गजल मार्फत स्रोता दर्शकको मन जित्द्दै आएका छन। यस पटक गायक लामाले आफ्नो शैली भन्दा केहि फरक स्वादको “आफु भन्दा जेठी” बोलको गीत सार्वजनिक गरेका छन । थिम्याटिक भर्सनको यस गीतले अचेल केटीले पैसा बिना कसैलाई भाउ नदिने र आफू भन्दा जेठीलाई प्रेमिका बनाउने चलन आएको भन्ने भाव बोकेको छ ।
गीतमा बुद्ध लामा र समिक्षा कोइरालाको युगल गायन रहेको छ । गीतका शब्द मनोज सिग्देल ‘ युरेश’ ले लेखेका हुन । गीतमा संगीत दिपक आर्जेको रहेको छ भने संगीत संयोजन रिकेश गुरुङले गरेका हुन ।
म्युजिक भिडियोमा सम्पदा बानिया मनोज सिग्देल फिचर्ड छन। सियोन श्रेष्ठ र युद्ध लामाको कोरियोग्राफीमा तयार भएको यस भिडियोलाई चक्र बहादुर बराल (बाशु) ले छायांकन गरेका हुन भने सम्पादन बिनोद चौधरीको रहेको छ। सियोन श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोलाई दर्शक सोर्ता बाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्