१२ श्रावण २०८१, शनिबार
Logo

महानायकलाइ सम्मानस्वरुप असोज १२ मा ‘ट्रिब्यूट टू राजेश हमाल’ कार्यक्रम हुदै

यहि असोज १२ गते काठमाडौको होटल सोल्टीमा ‘ट्रिब्यूट टू राजेश हमाल’ कार्यक्रमको आयोजना हुने भएको छ । तीन दशकदेखि नेपाली चलचित्र क्षेत्रमा काम गरेका महानायक राजेश हमाललाई उनले दिएको योगदानको करद गर्दै साधना कला केन्द्र र लाइभ नेपालको संयुक्त आयोजनामा सम्मान गर्न लागिएको हो । आयोजक मध्येका एक साधना कला केन्द्रका प्रमुख मिलन मोक्तानका अनुसार भारतबाट गायिका साधना सरगम र इन्द्रजित मिजार पनि यो कार्यक्रमका लागि नेपाल आउँदैछन । उनीहरुसँगै नेपालका गायक गायिकाहरु देविका बन्दना, आनन्द कार्की,प्रकाश श्रेष्ठ, उमेश पाण्डे, यम बराल, निशान भट्टराई, रामा मण्डल, सुरज कुमार थापा, विश्व नेपाली, संजय तुम्रोक, रुपक डोटेल, सुरेश लामा, बुद्ध लामा, रबि ओड, प्रताप दास, कोमल ओली, रमना श्रेष्ठ, प्राश्ना शाक्य, बानिका प्रधान, मीना निरौला, एनी श्रेष्ठ, गायत्री त्रिपाठी, शिला बिष्ट र हास्यकलाकार सन्दिप क्षेत्री आदिले कार्यक्रममा प्रस्तुती दिनेछन ।

https://www.youtube.com/watch?v=eHvqn4W6AL4

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्