१२ श्रावण २०८१, शनिबार
Logo

नायिका द्वय वर्षा राउत र अलिशा राई फिचर्ड नविता पौड्यालको ‘बरिलै’ [भिडियो ]

नेपालीहरुको महान चाडबाड दशैँ तिहारको पूर्वसन्ध्यामा आफन्त, साथीभाई र परिवारजन संगको भेटघाटलाइ नाच्ने गाउने रमाइलो बनाउनको लागि अमेरिकाबाट कोसेली स्वरूप गायिका नविता पौड्यालले ‘बरिलै’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन।  
गीतमा गायिका नविता पौड्याल र गायक निशान भट्टराईको युगल गायन रहेको छ ।  दिपक शर्माको शब्द एबम लय संकलन रहेको गीतमा उदय राज पौडेलले गीतको संगीत संयोजन गरेका हुन । भिडियोमा नायिका द्वय वर्षा राउत र अलिशा राईको मुख्य अभिनय रहेको छ । टिकटकबाट भाइरल भएका जुम्ल्याहा दाजुभाई
अमर र अमृत दाहाललाई समेत भिडियोमा देख्न सकिन्छ । सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन । बिकाश ज्ञवालीले भिडियो सम्पादन गरेका हुन । सुब्रत राज आचार्यको कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो । गीतको भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । गायिका पौड्यालको यस अघिका गीतहरु पनि दर्शकहरुको रोजाइमा परेका थिए ।
https://www.youtube.com/watch?v=8WCck0yE0EE

प्रतिक्रिया दिनुहोस्