विदुर–१ का बाढीपीडितलाई ५० हजार रुपैयाँको खरिद

विदुर नगरपालिका–१ का बाढीपीडित लाभग्राहीलाई भाटभटेनी सुपरमार्केटमा सामान खरिद गर्न मिल्ने ५० हजार रुपैयाँ बराबरको भौचर वितरण गरिने भएको छ।
चुजी फाउन्डेसन, ताइवानको सहयोग तथा विदुर नगरपालिकाको अनुमतिमा भौचर वितरण कार्यक्रम सञ्चालन गर्न लागिएको हो। कात्तिक १६ गते बट्टारस्थित रानी मौरी ब्याङ्क्वेटमा आयोजना हुनेछ।
कार्यक्रम बिहान ८ बजे देखि ११ : ३० बजे सम्म सञ्चालन हुनेछ। सम्बन्धित लाभग्राहीहरूले तोकिएको समयभित्र उपस्थित भई भौचर प्राप्त गर्न सक्नेछन्।
भौचर लिन लाभग्राही स्वयं वा निजको एकाघरका परिवारका सदस्य आधिकारिक परिचय खुल्ने कागजातसहित उपस्थित हुनुपर्नेछ। आयोजकले तोकिएको समयभित्र उपस्थित भई भौचर लिन सम्बन्धित सबै लाभग्राहीलाई अनुरोध गरेको छ।
फाउन्डेसनबाट प्राप्त जानकारीअनुसार बिहान ८ बजेदेखि ११ ; ३० बजेसम्म मात्र सेवा उपलब्ध हुने भएकाले निर्धारित समयपछि आउने लाभग्राहीलाई सेवा उपलब्ध गराउन नसकिने जनाइएको छ।
बाढीपीडित परिवारलाई आवश्यक सामग्री खरिदमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन हुन लागेको यस कार्यक्रमबाट सम्बन्धित लाभग्राहीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।













प्रतिक्रिया दिनुहोस्