विदुर–५ का वडा अध्यक्ष लिलानाथ न्यौपानेद्वारा अशक्त जेष्ठ नागरिकको उद्धार

नुवाकोट – विदुर नगरपालिका–५, बाडाचौतारामा वेवारिसे अवस्थामा बस्दै आएका एक अशक्त जेष्ठ नागरिकको विदुर नगरपालिका–५ का वडा अध्यक्ष लिलानाथ न्यौपानेले उद्धार गरेका छन्।
लिखु गाउँपालिका–६, थानसिंफाट घर बताउने ६९ वर्षीय बुद्धि बहादुर मिजारलाई वडा अध्यक्ष न्यौपानेको पहलमा उद्धार गरी प्रारम्भिक स्वास्थ्य परीक्षण तथा उपचारका लागि त्रिशूली अस्पताल पुर्याइएको थियो।
स्वास्थ्य उपचारपछि विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीको सहजीकरण तथा प्रहरी चौकी देविघाटको सहयोगमा उनलाई देविघाटस्थित जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा सुरक्षित रूपमा राखिएको छ।

बुद्धि बहादुर मिजारका आफन्त, परिवारजन वा चिनजानका व्यक्तिहरूले विदुर नगरपालिका–५ को वडा कार्यालय वा जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा सम्पर्क गरी आवश्यक समन्वय गर्न अनुरोध गरिएको छ।














प्रतिक्रिया दिनुहोस्