जालपा क्षेत्र विकासमा भरतकाजी

विदुर नगरपालिका वडा नम्बर ५ देविघाटमा रहेको जालपा क्षेत्र विकास समितिको अध्यक्षमा भरतकाजी चित्रकार चयन हुनुभएको छ।
शनिवार भएको जालपा क्षेत्र विकास समितिको १० औ साधारणसभा तथा अधिवेसनले भरतकाजी चित्रकारको नेतृत्वमा २० सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको सहसचिव शिव प्याकुरेले जानकारी दिनुभयो।
समितिको वरिष्ठ उपाध्यक्षमा शुशिला चित्रकार चयन हुनुभएको छ भने उपाध्यक्षमा नविन चित्रकार चयन हुनुभयो । यस्तै सचिवमा मदनलाल चित्रकार, सह–सचिवमा शिवप्रसाद प्याकुरेल चयन हुनुभएको छ ।
कोषाध्यक्षमा रामलाल चित्रकार र सहकोषाध्यक्षमा बद्रीलाल चित्रकार चयन हुनुभएको समितिका सहसचिव शिवप्रसाद प्याकुरेले जालपा न्युजलाई जानकारी दिनुभयो।

कार्यक्रममा विदुर नगरपालिका मेयर राजन श्रेष्ठ र विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपाने, समाजसेवी रामकृष्ण भट्ट लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्