माओवादी केन्द्र बिदुर नौ को अध्यक्षमा राजु मगराती चयन

जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत विदुर नगर संगठन समितीले वडा सम्मेलन मार्फत बिदुर नगरपालिका वडा नम्बर ९ मा नयाँ नेतृत्व चयन गरेको छ ।
राजु मगरातीको अध्यक्षतामा गठन भएको वडा कमिटीको उपाध्यक्षमा तिरति माया तामाङ, सचिवमा गुणराज विक, सहसचिव संजय बानियाँ, कोषाध्यक्ष महेन्द्र राना मगर, सहकोषाध्यक्ष कुबेर रिजाल सहित २५ सदस्यीय वडा संगठन समिती गडन गरिएको छ ।
आइतबार नै शिवराम भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन नेकपा माओवादी केन्द्र बिदुर नगर संगठन समितीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्