२ कार्तिक २०८३, आईतवार
Logo

काफलडाँडामा सरकारी गाडी दुर्घटना

छहरे–टोखा सडकखण्ड अन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित काफलडाँडामा आइतबार बिहान एक सरकारी गाडी दुर्घटनामा परेको छ।

बा १ झ ५१८६ नम्बरको सरकारी प्लेट भएको उक्त गाडी सडकमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो। स्थानीय स्रोतका अनुसार दुर्घटनामा परेको उक्त गाडी नुवाकोटकै तादी गाउँपालिकाको रहेको बुझिएको छ।

दुर्घटनाग्रस्त गाडीमा चालकसहित अन्य व्यक्तिहरू सवार रहेको अनुमान गरिए पनि उनीहरू कोही पनि घटनास्थलमा फेला नपरेको प्रहरीले जनाएको छ। दुर्घटनापछि गाडीमा सवार व्यक्तिहरू कहाँ गए वा कुन अवस्थामा छन् भन्नेबारे विस्तृत विवरण प्राप्त हुन बाँकी छ।

प्रहरीका अनुसार गाडी दुर्घटना हुनुको मुख्य कारण र त्यसमा सवार व्यक्तिहरूको अवस्थाबारे खोजी तथा अनुसन्धान भइरहेको छ। सम्बन्धित निकायले दुर्घटनाग्रस्त गाडीको तत्काल व्यवस्थापन गरी घटनाबारे आवश्यक छानबिन गर्नुपर्ने प्रहरीको भनाइ छ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्