३२ असार २०८१, सोमबार
Logo

तामाङ राष्ट्रिय मुक्तिमोर्चा शिवपुरी ८ को अध्यक्षमा सिता तामाङ

जनतासङ्ग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत शिवपुरी गाउँपालिका वडा ८ थानापतीमा तामाङ राष्ट्रिय मुक्तिमोर्चाको वडा कमिटी गठन गरिएको छ ।


सिता तामाङको अध्यक्षतामा गठन भएको तामाङ मुक्तिमोर्चा वडा कमिटीको उपाध्यक्षमा जयबहादुर तामाङ, सचिव बिरमान तामाङ सहसचिव बुद्ध लक्ष्मी तामाङ, र कोषाध्यक्षमा मोथे तामाङ सहित १५ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।


तामाङ राष्ट्रिय मुक्तिमोर्चाको वडा भेलालाई केन्द्रिय सदस्य तेज बहादुर मिजार, प्रदेश कमिटी सदस्य राजन गौतम, शिवपुरी गाउँ कमिटी अध्यक्ष मीन बहादुर तामाङ लगायतका नेताहरुले प्रशिक्षण दिएका थिए ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्