१२ श्रावण २०८१, शनिबार
Logo

“शिवपुरीमा शिक्षा, स्वास्थ्य तथा भौतिक पुर्वाधारका क्षेत्रमा उल्लेख्य काम भएको छ”-राधिका तामाङ

नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य राधिका तामाङले शिवपुरी गाउँपालिका भित्रका शिक्षा, स्वास्थ्य तथा भौतिक पुर्वाधारका क्षेत्रमा काम गरि रहेको बताउनु भएको छ ।


महेन्द्र माध्यमिक विद्यालयको ६५औं वार्षिकोत्सवको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफू निर्वाचित भए पछि आफ्नो निर्वाचन क्षेत्रमा आशा लाग्दा बिकाश निर्माणको सुरुवात भएको बताउनु भयो ।


बिद्यालयको वार्षिकोत्सब कार्यक्रममा शिवपुरी गाउँपालिका अध्यक्ष गोबिन्दप्रसाद थपलिया, नेकपा एसका नेता पदम उप्रेती, वडा नम्बर ३ का अध्यक्ष नाति तामाङ, नेकपा माओवादी केन्द्रका नेतृ एवम् गाउँ कार्यपालिका सदस्य सावित्री रिजालको आतिथ्यता रहेको थियो ।
विद्यालयको वार्षिकोत्सबको अबसरमा अबकास प्राप्त शिक्षकहरुलाई सम्मान गरिएको थियो भने बिद्यालयका बिद्यार्थीले मनोरञ्जनात्मक सांगीतिक प्रस्तुत गरेका थिए ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्