१२ श्रावण २०८१, शनिबार
Logo

ब्यबहारिक र जीवन उपयोगी शिक्षा आजको आवश्यकता : साम्सद तामाङ

दुप्चेश्वर- संघीय साम्सद हित बहादुर तामाङले आफू प्रहिलो पटक निर्बाचित भएपछी आफ्नो निर्वाचन क्षेत्रमा बिकासको जग हालेको बताउनुभएको छ ।

७४ सालको निर्वाचनमा आफू निर्वाचित भएपछि र त्यो भन्दा अगाडिको बिकास निर्माणको तुलना गर्न आग्रह गर्दै सो कुरा बताउनु भएको हो ।

संविधानको कार्यान्वयन र संघीयता , गणतन्त्र , धर्म निरपेक्षता र समावेशी लोकतान्त्रिक व्यवस्थाको रक्षाको लागि वाम लोकतान्त्रिक शक्तिहरु बीचको सहकार्य टुट्न नहुने बताउनुभयो ।

धनेश्वरी आधारभुत बिद्यालयको ३३ औं वार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्न दुप्चेश्वरको छ्युपार पुग्नुभएको तामाङले प्राबिधिक र जीवन उपयोगी शिक्षा आजको आबश्यकता भएको बताउनु भयो ।

Shivapuri rural municipality awareness message jalapanews

एक पालिका एक प्राबिधिक बिद्यालय राज्यको अबधारणा रहेको बताउनुहुँदै दुप्चेश्वर गाउँपालिमा प्राबिधिक धारको बिद्यालय स्थापना गर्न पहल गर्ने बताउनु भयो ।

त्यसैगरी प्रदेश साम्सद राधिका तामाङले शिक्षा लाई समयानुकूल परिवर्तन गर्दै ब्यबहारिक शिक्षामा जोडदिनुपर्ने बताउनुभयो ।

प्रदेश सरकारले एक पालिका एक प्राबिधिक बिद्यालय, एक बिद्यालय एक नर्श कार्यक्रम लागू गरेको बताउनुहुँदै उक्त कार्यक्रम सफल बनाउन सबै लाग्नुपर्छ भन्नुभयो ।

समग्र क्षेत्रको बिकास गर्नका निमित्त आफु र संघीय साम्सद मिलेर अगाडी बढेको बताउनुहुँदै गंगटे समुन्द्रटार गोल्फु भञ्ज्याङ् सडक, समुन्द्रटार घ्याङफेदी तालुकसेरी सडक त्यसैगरी कुखुरे मानेभञ्ज्याङ दुप्चेश्वर सडक निर्माणमा आफुहरु लागेको बताउनु भयो ।
जिल्ला समन्वय प्रमुख रजिन्द्र बिक्रम सिंह ठकुरी, वडा अध्यक्षहरु ज्ञान बहादुर तामाङ, बिरबल तामाङ, ध्रुबकर केसि लगायत बक्ताहरुले बिद्यालयलाई समयानुकूल परिवर्तन गर्दै जानुपर्ने बताउनुभएको थियो । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष काले तामाङको अध्यक्षतामा वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्