तारकेश्वर ४ मा निशुल्क स्वास्थ शिविर सम्पन्न
तारकेश्वर गाउँपालिका वडा नम्बर ४ मा निशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ ।
तारकेश्वर गाउँपालिका वडा नम्बर ४ को पहल र वडा सदस्य रामकाजी थापा (स्वर्णिम) को सक्रियतामा शिविर सम्पन्न भएको हो ।
सरस्वती आधारभुत विद्यालय नेवारपानीमा सप्पन्न भएको शिविरमा २ सय भन्दा धेरैले स्वास्थ लाभ लिएको वडा सदस्य थापाले बताउनुभयो । लक्ष्मी सपोर्ट फाउन्डेसन नेदरल्याण्डको आर्थिक एवं भौतिक सहयोगमा शिविर सप्पन्न भएको वडा अध्यक्ष हरि पौडेलले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्