निशुल्क आँखा शिवीर

नुवाकोटको तारकेश्वर वडा नं ६ मा निशुल्क आँखा शिवीर सम्पन्न भएको छ ।
वडा कार्यालयको समन्वय तथा दृष्टि आँखा केन्द्र नुवाकोटको आयोजना र तारकेश्वरका युवा समाजसेवी सुदिप घिमिरेको सहजीकरणमा निशुल्क आँखा शिविर सम्पन्न भएको हो ।

शिविरमा एक सय भन्दा धेरैले आँखा चेकजाँच गराएका छन् । जसमध्ये १६ जनालाई मोतिया बिन्दुको अप्रेसन गर्नुपर्ने दृष्टि आँखा केन्द्र नुवाकोटका प्रमुख राजेश कुमार चौरासियाले बताउनु भयो ।
तारकेश्वर गाउँपालिकाका समाजसेवी सुदिप घिमिरेले पालिकाभरी नै निशुल्क शिबिरको आयोजना गरिएको बताउनु भएको छ । समाजसेवी घिमिरेका अनुसार साउन ११ गते वडा नं ४ को गौरीशंकर आधारभुत बिद्यालय दर्शनटार, साउन १२ गते वडा नं ४ कै सरस्वती आधारभुत बिद्यालय नेवारपानी , १४ गते वडा नं ४ को कार्यलय मै आयोजना गरिएको छ ।
वडा नं २ को कार्यलय ठुलेटारमा साउन १९ र २० गते, वडा नं ५ मा २५ गते, वडा नं ३ मा साउन २६ गते र २७ गते साउन वडा नं १ को जब्बरे चौरमा शिवीर आयोजना गरिएको घिमिरेले बताउनु भयो ।

समाजसेवी घिमिरेले आखाँका समस्या भएका सबै तारकेश्वरबासीलाई सेवा लिन आग्रह गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्