७ श्रावण २०८१, सोमबार
Logo

पछिल्लो २४ घण्टामा ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी एक हजार चार सय ७३ जनाको नमुना परीक्षण गर्दा ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ५५ जना काेराेना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय २८ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा दुई हजार छ सय ३५ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका छन् । अहिले सङ्क्रमितमध्ये २८ जना संस्थागत आइसाेलेशन, नाै जना आईसीयू र एक जना भेन्टिलेटरमा उपचाररत छन्

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्