१२ श्रावण २०८१, शनिबार
Logo

हजुरबाकाे स्मरणमा एक नातिकाे अनुभूति

राममणि अधिकारी
मलाई हजुरबा पुस्ता यसकारणले मन पर्छ ।
मलाई जिवनका हरेक तौर,तरिका र घटना, परिदृस्यहरु सम्झनामा रहन थालेको २०४८÷४९ तिरबाट हो । जतिबेला म राम्रोसँग हिंडडुल गर्न र आफ्नो सुरक्षा गर्न सक्ने भएँ, त्यति बेलादेखि नै म हजुरबाको सामिप्यतामा रमाउन थालेँ । खोई किन हो हजुरबा पनि मलाई उहाँको अत्यन्त नजिक र सहाराको रुपमा लिन थालेको अनुभूति हुन्थ्यो । हजुरबुवालाई म बुवा मात्र भन्ने गर्थें । बुवा पहिल्यै देखि गाउँमा सोझो प्रकृतिको मान्छे सबैले साकोट बा भनेर सम्मान प्रकट गर्ने गर्थे ।


सत्यबोलि र धर्म कर्ममा रुचि भएकोले हरेक देव देवता र मठ मन्दिरमा पुजा गर्नु उहाँको नित्य कर्म थियो । मलाई जीवन सिकाउने मेरा गुरु मेरो हजुरबा हुनुहुन्छ । जब म उहाँसँग हिडडुल गर्थें केही न केही नयाँ कुरा सिकिहाल्थेँ । बाटामा भेटेको काँडा सिसाका टुक्रा तथा ठेस लाग्ने प्रकृतिका ढुङ्गा पन्छाउने सीप मैँले उहाँबाट नै सिकेको हुँ । गाई, भैंसी दुने, बस्तुभाउ, चौपाएलाई घाँस हाल्ने, गोठालो जाने र बस्तुभाउ चराउने लगाएतका पशु चौपाएसँग सम्बन्धित सम्पुर्ण कार्यहरु उहाँबाट नै सिकेँ ।


सानालाई मायाँ गर्ने, ठुलालाई आदर गर्ने, नातागोता, ईष्टमित्र भेटघाट हुँदा नमस्कार सहितको अभिवादन गर्ने, विहान सबेरै नुहाउने, पुजाआजा र भगवान प्रति भक्तिभाव गर्ने, साँझ परेपछि बत्ती बाल्ने तथा आरती गर्ने लगायत अनगिन्ति जिवनका आरोह अवरोहहरुसँग मुक्काविला गरि जिउने कला सिकाउने मेरा गुरु बुवा नै हुनुहुन्छ ।


म सुरुमा विद्यालय जाने भए पछि ४ बजे छुट्टि भएर घर पुग्दा बुवाले दहि, मोहिमा मुछेर गुलियो स्वाद आउने गरि खाजाको रुपमा तयार गर्दिनु भएको मकैको रोटिको स्वाद र तलाई पढ्न गारो हुन्छ अलि खानुपर्छ भनेर कर गरि गरि खुवाउनुभएको खानाको स्वाद अहिले झन यादगार भैरहन्छ । अरुले के भन्छ पछि लाग्नु हुदैन, आफ्नो काम गर्दै अघि बढ्नुपपर्छ भन्ने उपदेश र अरुको कु–भलो चिताउनु महापाप हो, धर्मले नै संसारको रक्षा गर्छ, पाप धर्मको चेष्टा भए मात्र संसार जितिन्छ आदि सिकाई त ब्यक्ति मात्र नभई समाजलाई शान्त वातावरणमा अड्याउने एउटा अचुक उपाए पनि रहेछ ।

Shivapuri rural municipality awareness message jalapanews


आज यी र यस्ता सिकाईको अभावले पो अहिलेको पुस्तामा हावापानि सुहाउँदो व्यवहार नभएको रहेछ । असल ब्यवाहरको सिकाईका लागि हजुरबा पुस्ता नै महत्वपुर्ण रहेछ, त्यसैले म सम्मान गर्छु तपाईं अनि सम्पूर्ण हजुुरबाहरुलाई ।
हजुर बित्नुभएको आज चौँथो बर्ष भैसकेछ थाहा छैन हामिले भन्ने गरेको मृत्यु पछिको पुनर्जन्म वा आत्मा सँगै रहन्छ भन्ने कुरा कति सम्म सत्य हो जानकारि छैन, तै पनि सम्झना पहिले जस्तै ताजा छ र अहिले पनि सँगै हुनुहुन्छ जस्तो लागि रहन्छ । आशा छ हजुरको आशिर्वाद रहिरहने छ ।

प्रतिक्रिया दिनुहोस्