१४ मंसिर २०८०, बिहीबार
Logo
final gp koirala advert

“अबको राजनितिमा संभावना भएका युवाको नेतृत्व आबश्यक छ” –युवा नेता गोकर्ण पुडाशैनि


वर्तमान राजनीतिमा सक्षम र परिपक्व युवा नेतृत्व नहुनु भनेको भविष्यमा देशले पाउने राजनीतिक नेतृत्वमा पनि संकट आउनु हो । यस्तो अवस्था आउँदैन भनेर बहस गर्न त सकिएला तर हाम्रो अहिलेको राजनीतिक संस्कारले इंगित गरेको भविष्य भने त्यही नै हो । तेस्तै राजनितिक सम्भावना बोकेका युवा हुन बेलकोट्गढि नगरपालिका –८ निवासी गोकर्ण पुडासैनी ।


पेशाले कानुन ब्याबसाय सगै कृषि फर्म समेत संन्चालन गर्दै आएका यि युवा समाजले समेत आशा गरेका र संम्भाबना भएका युवा हुन । तर आफु लाई समाज शुद्दिकरणको अभियान्ता भन्न रुचाउछन । बिभिन्न संघ संस्था मार्फत समाज रुपान्तरण को अभियान संन्चालन गर्दै आएका र आफ्नो समाजमा बिभिन्न कार्यमा जनता लाइ निस्पक्ष र बिना पुर्बाग्रह साथ दिदै आएका पुडासैनी नुवाकोटमा बौद्दिक र सालिन ब्याक्तित्वको रुपमा चिनिन्छन । हाल बिभिन्न संस्था र त्रिशुली अस्पतालका कानुनी सल्लाहकार समेत हुन ।


हिजो मेरा बाउबाजेले फलानो पार्टीको झण्डा बोकेका हुन् अब मैले पनि त्यसैलाई निरन्तरता दिनुपर्छ भन्ने मानसिकताबाट पर रहि युवाले अबको समाज रुपान्तरण को जिम्मेवारी लिनु पर्ने कुरामा जोड दिनु पर्ने र तेस्को लागि कुनै राजनितिक पाटिमा आबद्द भई नेतृत्व लिनु पर्ने कुरामा जोड दिदै आएका छन । नेपाली कांग्रेसमा आबद्द भई पार्टीका बिभिन्न जिम्मेवारी सम्हालेका यि युवा अहिलेका समयका आशा गरिएका युवा नेता हुन ।
अहिलेको युवा क्रमभंगमा विश्वास राख्ने पुस्ता हो । त्यसैले राजनीतिक दलहरुले अहिलेको युवा आवाज र भुमण्डलिकरण भित्रको युवा स्वतन्त्रता र अधिकारलाई बेवास्था गरी अघी बढ्न खोजे युवाहरुले नयाँ बिकल्पको स्थापना गर्न सक्छन् भन्ने आवाज बुलन्द् गर्दै नेतृत्व तहले समाज परिबर्तन को लागि युवाहरुलाई नेतृत्व दिनु पर्ने कुरामा जोड दिदै आएका छन ।
अहिलेका युवाले संसारलाई नजिकबाट नियाल्न सक्छन् साथै समाज रुपान्तरण लागि पारदर्शी र निस्पक्ष तरिकाबाट काम गर्न सक्छन भन्ने उनको बुझाई छ साथै पछिल्ला प्रबिधि सग काम गर्न सक्ने र छिटो भन्दा छिटो सेवा प्रबाह गर्न सक्छन भन्ने उनको सोच छ । पुडाशैनी पछिल्ला युवाहरु सँग समन्वय गर्न सक्ने र राजनितिक पुर्बाग्रह नराख्ने स्वाभाबका कारण साथीभाई माझ लोकप्रिय छन् ।

युवा भनेको देशको अनमोल, अनन्त शक्ति हो । देशको भविष्यको सबैभन्दा ठूलो पुँजी हो । युवा वर्गको विशिष्ट शक्तिलाई राष्ट्र निर्माणको सन्दर्भमा समेट्नु आजको आवश्यकता हो ।
तसर्थ अब युवा शक्तिलाई निराशामा होइन, आशामा बदल्नुपर्छ । हिजो जे–जे भयो, भयो । अब विगतको चिन्ता होइन, भविष्यको चिन्तन गर्नुपर्छ । जय–जयकार होइन, स्वविवेक प्रयोग गर्न युवा नेतृत्व लाई जिम्मेवारि दिनु पर्ने कुरा मा जोड दिनु पर्ने बताउछन । उनि भन्छन “राजनीति फोहोरी खेल हो भन्दै पन्छिने होइन, फोहोर पोखरीमै पसेर सफा गरेर निस्कने आँट गरेर राजनिति मा होमिएको हु ” । हामी सगको भेटमा आफु सग संबृद्द बेलकोटगढी नगरपालिका बनाउने अभियानमा प्रसस्त रणनितिक योजना र संम्भाबना बनाएको र सबै खाले मैत्री योजना कार्यान्वयन गर्न लागि पर्ने तेसको लागि आगामी स्थानिय निर्बाचनमा भाग लिन तयारी गरिरहेको बताउनु भयो ।
पार्टी बिचार आस्था जे भए पनि यि र यस्ता क्षमता भएका युवा लाई नेतृत्व तहले मुल्यांकन गरि आगामी निर्बाचनमा जिम्मेवारी दिनु उपयुक्त देखिन्छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्