१४ मंसिर २०७९, बुधबार
Logo
final gp koirala advert

वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि मतपत्र छपाइको तयारी सुरु

वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि मतपत्र छपाइको तयारी सुरु भएको छ ।

एक/ दुई दिनभित्रै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ सुरु गर्ने तयारी गरेको हो । हिजो मतदाता नामावली सार्वजनिक भएपछि अब मतपत्र छपाइको लागि तयारी सुरु भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

स्थानीय तह चुनावमा २ करोड मतपत्र छाप्ने आयोगले निर्णय गरिसकेको छ । मतदाताभन्दा १०/१५ प्रतिशत बढी मतपत्र छाप्नुपर्ने भएकाले त्यसैअनुसार तयारी भएको आयोगले जनाएको छ ।

आयोगले हिजो सार्वजनिक गरेको विवरणअनुसार देशभर मतदाताको सङ्ख्या एक करोड ७७ लाख ३३ हजार सात सय २३ रहेको छ । आयोगले सबै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत पनि तोकिसकेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

साना दललाई पनि उनीहरुकै चुनाव चिह्न दिने निर्णय भएको छ । राष्ट्रिय मान्यताप्राप्त दललाई मात्र चुनाव चिह्न दिने कानुनी व्यवस्थाको साना दलले विरोध गरेपछि आयोगले साना दललाई पनि उनीहरुकै चिह्न दिने निर्णय गरेको हो । जिल्लाहरुमा साना दलको उपस्थितिको आधारमा चुनाव चिह्न दिइने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्