१२ श्रावण २०८१, शनिबार
Logo

नेकपा माओवादी केन्द्र लिखु गाउपालीका वडा नं ४ को अध्यक्षमा सन्तोष राई

नेकपा माओवादी केन्द्र लिखु गाउपालीका वडा नं ४ को वडा अधिबेशन सम्पन्न भएको छ ।


सम्पन्न अधिबेशनले सन्तोष राईको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा मुकुन्द कृष्ण राई, सचिवमा हिरा तामाङ, सहसचिवमा रमेश राई, कोषाध्यक्षमा हरिशरण राई सहित २९ सदस्यीय कमिटी निर्बिरोध निर्वाचित भएको छ ।


अधिबेसनमा कार्यक्रमका प्रमुख अतिथी संघिय सांसद हित बहादुर तामाङ तथा जिल्ला समन्वयन कमिटीका सदस्यहरु धर्म प्रसाद अधिकारी, धन बहादुर मिजार, बिवेक ढकाल, गणेश अधिकारी लगाएतका नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्