९ माघ २०७८, आईतबार
Logo
final gp koirala advert

म्युजिक भिडियोमा सुमी र प्रदिपको प्रेम ( भिडियो )

काठमाडौँ । ‘खै त तिम्रो बुट्टे सारी’ बोलको प्रेमिल शैलीको गीतको म्युजिक भिडियो लिएर गायक प्रदिप लामा आएका छन। यस गीतमा हस्त लामा ( हार्दिक ) को शब्द, संगीत रहेको छ। गीतलाई जोगलाल लामाले संगीत संयोजन गरेका हुन्।
बौद्धस्थित एक पत्रकार सम्मेलन गरी बिमोचन गरिएको म्युजिक भिडियोमा नायिका सुमी मोक्तान र भीमफेदी गाइज फिचर्ड छन्। सुर्य लामाले छायांकन र सम्पादन गरेका भिडियोलाई निर्मल कुमार लामा ( बिजी ) को निर्देशनमा भिडियो तयार पारिएको हो। गायक लामाको आधिकारिक च्यानल ‘प्रदिप लामा ‘ मार्फत सार्वजनिक गरिएको हो।
लामो समय देखि नेपाली संगीतमा सक्रिय गायक लामाले लामाले यसअघि २ वटा गीतिसंग्रह सार्वजनिक गरिसकेका छन। ‘मोहनी लाईदिउकि’, ‘मायाले बोलाको’, ‘हेलम्बु माथी’, ‘मायालुले’,लगायतका गीतहरु स्रोतामाझ लोकप्रिय छन्।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्