११ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

हिमाल र पुर्णको सहकार्यमा ‘तिमी छौ र’ सार्वजनिक ( भिडियो )

काठमाडौं । अमेरिकामा छोटो समयमा सफल लजिस्टिक व्यवसायीका रुपमा आफ्नो परिचय बनाउन सफल पूर्ण लम्सालले आफ्नो जीवनको पहिलो म्युजिक भिडियो सार्वजनिक गरेका छन्। ‘तिमी छौ र’ बोलको म्युजिक भिडियोमा गायक हिमाल सागरको यस गीतमा स्वर, शब्द र संगीत रहेको छ।
मायालु प्रतिको प्रेम भाव प्रस्तुत गरिएको यस गीतलाई बाबु प्रधानले संगीत संयोजन गरेका हुन्। अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको भिडियो निकै आकर्षक र स्तरिय बनेको छ। भिडियोमा शैलेश घलेको छायांकन र भरत रेग्मीको सम्पादन रहेको छ। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो।
हाल अमेरिकामा रहेकी अभिनेत्री नन्दिता केसी समेत भिडियोमा फिचर्ड छिन । पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। आगामी दिनमा अझै स्तरिय सिर्जनाहरु सार्वजनिक गर्दै जाने निर्माण टिमले बताएको छ।

प्रतिक्रिया दिनुहोस्