४ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

अनु र आकाश अभिनित सविताको ‘ऐना हेरी हेरी’ सार्वजनिक ( भिडियो )

काठमाडौं । मोडेल सविता अधिकारी निर्मात्री रहेको ‘ऐना हेरी हेरी’ बोलको आधिकारिक म्युजिक भिडियो सार्वजनिक भएको छ। खेलकुद र मोडलिङमा रुचि राख्ने निर्मात्री अधिकारी नुवाकोट घर भै काठमाण्डौमा बस्दै आएकी छिन्। निर्मात्रीको रुपमा पहिलो प्रोजेक्ट सार्वजनिक गरेकी अधिकारीले म्युजिक भिडियोलाई बुवा लेखत बहादुर अधिकारी र आमा ठुली कान्छी अधिकारी प्रति समर्पित गरेकी छिन्।
यस गीतमा गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको युगल गायन रहेको छ। गीतलाई संचारकर्मी शिवराज योगीले लेखेका हुन् भने भिम बिसीले संगीतवद्द गरेका हुन्। विश्व अधिकारीको गीतमा संगीत संयोजन रहेको छ।
आकाश कार्की र अनु काफ्ले अभिनित यस म्युजिक भिडियोमा कोरनाले संक्रमित श्रीमानको सुवास्थ्यको कामना गर्दै तिजमा वर्त बसेकी श्रीमतीको कारुणिक कथा भिडियोमा प्रस्तुत गरिएको छ। नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा सुवोल थापाको कोरियोग्राफी रहेको छ । भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन्। गम्भिर विष्टको निर्देशनमा तयार पारिएको यस भिडियोलाई ‘एमएट म्युजिक फेक्ट्री’को युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ। हाल जापानमा रहेकी निर्मात्रीले म्युजिक भिडियोलाई हेरिदिन सबैलाई आग्रह गरेकी छिन्। साथै आगामी दिनहरुमा अझ उत्कृस्ट कामहरु सार्वजनिक गर्दै जाने बताएकी छिन्।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्