१२ श्रावण २०८१, शनिबार
Logo

विश्व नेपालीको ‘घात गर्दा’मा रामहरी खड्का र पुर्वमिस नेपाल उषा खड्गी ( भिडियो )

लामो समयपछि पुर्वमिस नेपाल उषा खड्गी म्युजिक भिडियोमा देखिएकी छिन । खड्ग भट्टराईको शब्द र लोकप्रिय गायक विश्व नेपालीको स्वरमा रहेको गीत ‘घात गर्दा’को भिडियोमा उषा खड्गीको साथमा रामहरी खड्काको मुख्य अभिनय रहेको छ।

निरोज लामाको सगीत रहेको ‘घात गर्दा’मा उषा र रामहरीलाइ अभिनयम आरुष के सी र दिपिशा कोइरालाले साथ् दिएका छन्।अहिलेको नेपाली समाजको यथार्थ अबस्थालाई चित्रण गरिएको भिडियो स्वयं मोडेल उषा खड्गीको जीवनमा मेल खाने किसिमको छ ।
लामो समयसम्म टेलिभिजन मिडियामा कार्यक्रम निर्माता , निर्देशक भएर काम गरिसक्नु भएका रामहरी खडकालाइ मोडेलको रुपमा पनि उतिकै अब्बल देखिएका छन ।
नेपाली म्युजिक भिडियो क्षेत्रका चर्चित युवा निर्देशक नितिन चन्दको निर्देशनमा बनेको भिडियोलाई ‘हाइलाइटस नेपालको’ यूट्युब च्यानल सार्वजनिक गरिएको छ।
कनेक्सन एजुकेसनल इंस्टीट्यूसन द्वारा निर्मित यो भिडियो यो एउटा सांगीतिक भिडियोमात्र नभएर , अहिलेको समाजको यथार्थ स्वरुप र मानवियको झल्को दिने एउटा सानो प्रयास भएको निर्माताले बताए ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्