७ कार्तिक २०७८, आईतबार
Logo
Hotel Yangra Nuwakot Trishuli

गरिमा शर्मा र कुन्साङ्ग बम्जन अभिनित ‘बन्छ तिम्रै नाम सार्वजनिक ( भिडियो )

प्रतिभाशाली नवप्रतिभाहरु नवगायक तथा गायिका बुद्ध घलान र मुना वाईवाले आफ्नो सांगीतिक जिवनकै पहिलो यूगल गीत ‘बन्छ तिम्रै नाम’ सार्वजनिक गरेर नेपाली सांगीतिक क्षेत्रको यात्राको शुभारम्भ गरेका छन् । गायक,गायिका दुबैले हालसम्म कुनै पनि गीत रेकर्डिङ नगरेको भएता पनि दुबैको आवाज कुनै ब्याबसायिक गायक/गायिकाको भन्दा कम लाग्दैन।
यस गीतमा प्रसिद्ध गीतकार डि.पी खनालले लेखेका शब्दहरुलाई चर्चित संगीतकार शंकर थापा ”स्माईल”ले संगीत भरेका छन् भने बिश्व अधिकारीले संगीत संयोजन गरेका छन्।
पछिल्लो समयमा म्युजिक भिडियो क्षेत्रका बहुचर्चित कलाकार गरिमा शर्मा र कुन्साङ्ग बम्जनको उत्कृष्ट तथा सुन्दर अभिनय रहेको म्युजिक भिडियोमा बुद्ध थापाको छायाकंन साथै बिकाश धमलाको सम्पादन रहेको छ । नेपाली म्युजिक भिडियो क्षेत्रका अब्बल निर्देशक निकेश खड्काको निर्देशनमा बनेको म्युजिक भिडियोलाई “डश म्युजिक नेपाल”को यूट्युब च्यानल साथै विभिन्न अडियो प्लेटफर्म मार्फत गीतको अडियो पनि बिश्वब्यापीरुपमा एकैसाथ सार्वजनिक गरिएको छ।

pratik books stationery
trishuli web design in nuwakot

प्रतिक्रिया दिनुहोस्