१२ श्रावण २०८१, शनिबार
Logo

राज र अन्जुको सहकार्यमा ‘छटपटी’ सार्वजनिक ( भिडियो )

काठमाडौँ । इजरायलमा रहेका प्रतिभाशाली कलाकारहरु बिष्णु कट्टेल,निता क्षेत्री र टेकेन्द्र कार्की अभिनित म्युजिक भिडियो ‘छटपटी’ सार्वजनिक भएको छ।
गायिका अन्जु पन्तको स्वरमा समावेश सेण्टिमेण्टल भर्सनको यस गीतमा गायक राज लिम्बुको शब्द, संगीत रहेको छ। दिपक राज बिश्वकर्माले यस गीतलाई संगीत संयोजन गरेका हुन्।
इजरायलमा छायांकन गरिएको भिडियोमा वियोगान्त प्रेम कथा प्रस्तुत गरिएको छ। भिडियोमा त्रिकोणात्मक प्रेमकथाप्रस्तुत गरिएको छ। यस भिडियोलाई सन्तोष माबो ( माबो क्रिएशन ) को छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो।
गायक लिम्बुको आधिकारिक च्यानल ‘राज लिम्बु’ मार्फत भिडियो सार्वजनिक गरिएको हो। विदेशी भूमिमा तयार पारिएको यस भिडियोलाई दर्शक स्रोता बाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्