१२ श्रावण २०८१, शनिबार
Logo

पल शाह र चर्चित समाचारवाली श्री पाण्डे अभिनित ‘फूलकुमारी’ सार्वजनिक

काठमाडौं,साउन १। पेसाले चिकित्सक रहेर पनि सफल गीतकारको परिचय बनाएका डा.प्रकाश पौडेलको नयाँ गीत ‘फूलकुमारी’ सार्वजनिक भएको छ गीतको भिडियोमा नायक पल शाह र चर्चित समाचारवाली श्री पाण्डे अभिनय रहेको छ । राजनराज सिवाकोटीको स्वर र संगीत रहेको गीत ‘फूलकुमारी’ भिडियोमा मोडेल श्री पाण्डे र नायक पल शाहको अनस्क्रीन रोमान्स गरेका छन् ।
गीतको भिडियोलाइ काठमाडौ उपत्यका आसपासका रमणिय ठाउहरुलाइ समेटिएर छायांकन गरिएको छ । उत्सव दाहालको क्यामेरा, विकास दाहालको सम्पादन रहेको ‘फूलकुमारी’लाइ ‘ट्वान्टीवान लभ’, ‘यु एन आई’ जस्ता सफल सिरिजका निर्देशक सरिन पोखरेलले निर्देशन गरेका हुन् ।
विगत १७ वर्षदेखि नेपाली गीत संगीतको क्षेत्रमा सक्रिय म्युजिक कम्पनी एसियन म्युजिक कम्पनीले भिडियोको बजार व्यवस्थापनको जिम्मा लिएको छ । गीतलाई युट्युब लगायत संसारभर ७० वटा डिजिटल प्लेटफर्ममा एकैपटक सार्वजनिक गरिएको एसियन म्युजिक कम्पनीका प्रमुख निर्देशक ईश्वर गुरुङले जानकारी दिनुभयो ।
https://www.youtube.com/watch?v=1A7AGG_C0HE

प्रतिक्रिया दिनुहोस्