ENPHO CWAST BSF Biostand Water Filter TWS Nuwakot Trishuli

नेपाली म्यूजिक भिडियो निर्माणको क्षेत्रमा नेपाल बाहिर बस्ने नेपालीको योगदान उच्च रहदै आएको छ । नेपाल बाहिर बस्ने धेरै नेपालीहरुले पछिल्लो समय गुणस्तरीय म्यूजिक भिडियोहरु निर्माण गरिरहेका छन । यसै मध्येका एक हुन् राजु कान , अष्ट्रेलियामा रहेर धेरै गीतहरुमा मोडलिङ र निर्देशन गरिसकेका राजुको निर्देशन र अभिनयमा ‘डन’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायकहरु सशान कंडेल र बिनय कार्कीको स्वर रहेको गीत ‘डन’ मा महेश ज्ञवालीको शब्द र संगीत संगीत रहेको छ ।
गीतको भिडियोमा राजु कान, देव नेपाली ,प्रतिभा महर्जन र हिलारी रावलको अभिनय रहेको छ।
अष्ट्रेलियाको मनमोहक दृश्यलाई कैद गर्दै भिडियोको निर्माण गरिएको छ। भिडियोको प्रस्तुतिकरण चलचित्रको भन्दा कमि छैन । पूरा भिडियो हेर्दा चलचित्र हेरेकै आभास हुन्छ। दुईजना डनको टकराबलाई एकदमै उत्कृष्ट ढंगले प्रस्तुत गरि भिडियोमा उतार्न सफल भएका छन निर्देशक राजु कान । राजु आफैमा सफल निर्देशक पनि हुन।
भिडियोमा कृष्ण सुबेदीको सिनेमाटोग्राफी , विकास दाहालको सम्पादन रहेको छ । भिडियोलाई नयाँ नेपाली वर्ष २०७८को अवसर पारेर
ब्ल्याक आइ क्रियसन ( Black Eye Creation) को अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो । ‘डन’ को भिडियो निर्माणमा एबीसी ग्लोबल एजुकेसन कन्सलटेन्सीले सपोर्ट रहेको छ ।

Nuwakot Fall Ceiling House and Decoration