४ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

लक्ष्मी बर्देवाको बेजोड अभिनय रहेको ‘कतारको पिलेन’ रिलिज ( भिडियो )

बैदेशिक रोजगारीमा रहेका युवाहरुको कथामा तयार पारिएको ‘कतारको पिलेन’ भर्खरै सार्वजनिक भएको छ। बाबा पाख्रिनको दमदार आवाज रहेको यस गीतमा प्राश्ना शाक्यको पनि फिचरिङ रहेको छ। शब्द ,संगीत अनि संगीत संयोजन पनि बाबा पाख्रिनकै गीतको भिडियोमा लक्ष्मी बर्देवाको बेजोड अभिनय रहेको छ भने यसै भिडियोबाट प्रल्हाद चौलागाईंले अभिनय यात्रामा पाइला सारेका छन। उनी नयाँ भएपनि अभिनयमा कुनै कसर बाकी राखेका छैनन। निर्देशकले उनको अभिनय कलालाई मज्जाले भिडियोमा उतार्न सफल भएका छन। सारदा गिरि ”काली बुढी”लाई पनि हामी यस भिडियोमा आमाको चरीत्रमा देख्न पाइन्छ। भिडियोलाई अहिलेका चर्चित गायक तथा निर्देशक सशान कंडेलले निर्देशन गरेका हुन। मध्यम वर्गीय परिवारको कथालाई कंडेलले एकदमै मार्मिक तरिकाले प्रस्तुत गर्न सफल भएका छन। बुद्ध थापाले छायांकन रहेको भिडियोलाई बिकास दाहालले सम्पादन गरेका हुन। बाबा पाख्रिनको आफ्नै नयाँ युटुब च्यानल बाबा पाख्रिन अफिसियल ( BABA Pakhrin Official ) बाट यो भिडियोलाई सार्वजनिक गरेका छन ।नयाँ च्यानल भएपनि यो गीतले आफ्नै किसिमले रिलिज भएसंगै रफ्तार लिदै छ र सत प्रतिशत सकारात्मक प्रतिक्रियाहरु पनि पाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्