२९ माघ २०८१, मंगलवार
Logo

अस्ट्रलियन मोडेल एबि संग ‘खुशी’मा राजको रोमान्स ( भिडियो )

काठमाडौँ ,२९ फाल्गुन । माया सुन्दरतामा होइन, मनमा हुन्छ भन्ने भाव सहितको प्रेमिल शैलीको म्युजिक भिडियो ‘खुशी’ सार्वजनिक भएको छ।
प्रताप दासको स्वरमा रहेको यस गीतमा राज केसीको शब्द रहेको छ। बहुप्रतिभाशाली व्यक्तिव जीवन रसाइलीले संगीतवद्द गरेको यस गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ। छिट्टै नै गायिका अस्मिता अधिकारीको स्वरमा यस गीतको फिमेल भर्सन पनि आउने निर्माण टिमले बताएको छ। युवा युवती बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा राज केसी र अस्ट्रलियन मोडेल एबि फिचर्ड छन्। अष्ट्रेलियाको विभिन्न रमणीय ठाउमा छायांकन भएको यस भिडियोलाई जीवन रसाइलीको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो। आइभिएम फिल्म्सको सहकार्यमा ग्लोबल टचको प्रस्तुति रहेको भिडियोलाई आइभिएम फिल्म्सकै आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्