१२ श्रावण २०८१, शनिबार
Logo

बिक्रम थापाको संगीतमा डान्सिङ गीत ‘सल्लाघारी’ सार्वजनिक ( भिडियो )

लोकप्रिय गायिका रानी शाक्य भरपुर मनोरञ्जनले भरिएको लोक भाकाको डान्सिङ गीत ‘सल्लाघारी’ लिएर प्रस्तुत भएकी छिन । गीतकार राजेश शाक्यको शब्द र बिक्रम थापाको संगीत रहेको गीतलाई शुक्रवार सार्वजनिक गरिएको हो ।
यसअघि सुनसान रात जस्तो सिरियस गीत लेखेका गीतकार राजेशले यसपाली भने डान्सिङ गीत लेखन गर्नु भएको छ भने गीतलाई विक्रमको संगीत र रानेको स्वरले भरपुर रमाइलो बनाएको छ । गीतको भिडियोमा पहिलोपटक पछिल्लो समयका चर्चित मोडेल जिवेश सिंह गुरुङ रमाइलो फनी रोलमा देखिएका छन् भने संगै फरिता खड्काको पनि रमाइलो अभिनय रहेको छ ।
रामेश्र्वर हुमागाईको सिनेमाटोग्राफी, बिजयराज भुर्तेलको सम्पादन र देव धिमालको कोरियोग्राफी र निर्देशन रहेको ‘सल्लाघारी’को भिडियोलाई गायिका रानी शाक्यले यसअघि जस्तै आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्