१२ श्रावण २०८१, शनिबार
Logo

कोरोनाको नक्कली खोप बनाएको आरोपमा चीनमा ८० भन्दा धेरै पक्राउ

चीनमा कोरोना भाइरसको नक्कली खोप बनाएको आरोपमा तीन वटा सहरबाट ८० जनाभन्दा धेरैलाई पक्राउ गरिएको छ ।

स्थानीय प्रहरीले जियाङ्सु, बेइजिङ र शानडोङबाट तीन हजारभन्दा धेरै नक्कली खोप पनि बरामद गरेको छ ।  

न्युज एजेन्सी सिन्ह्वाका अनुसार यस्तो नक्कली काम गएको सेप्टेम्बरदेखि सुरु भएको प्रहरीले बताएको छ । नक्कली खाेपमा पहिले नै भरिएकाे सिरिन्ज समावेश गरिएकाे र उच्च मूल्यमा बेचिँदै आएकाे अधिकारीहरूले बताएका छन् ।  

चीनमा अहिले सिनोभ्याक र सिनोभ्याक कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको खोप लगाइँदै छ । यी दुई कम्पनीले टर्कीसहित अन्य देशमा खोप पठाइरहेका छन् ।   

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्